कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा २१ जना घाइते, ४ को अवस्था गम्भीर


चैत ९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ धानखोलामा बस र ट्रक एकापसमा ठोक्किदा २१ जना घाइते भएका छन ।

फाइल तस्बिर 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा सनिवार साझ ५ वजे दुर्घटना भएको हो ।

पुर्ववाट पश्चिम जादै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । बसका चालक बर्दिया मंगलगडि नपा ४ बस्ने २६ वर्षीय खिमराज बिकसहित ४ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीय कल्पना सुनार, १५ वर्षीय भिम सुनार घाइते भएका छन् । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि.क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवि चौधरी लगायत २१ जना घाइते भएका छन ।

केहि घाइतेहरुको अवस्था सामान्य रहेको र चन्द्रौटामा रहेको संजिवनि अस्पतालवाट डिसार्च भएको जनाइएको छ । दुर्घटनामा परेका १७ जनालाई बुटवलका बिभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्ययले वताए ।

९ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको