चैत ९, काठमाडौ । सरकारले उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा सुरुङको प्रवेश मार्ग निर्माणको शिल्यान्यास आगामी बर्षको जेष्ठ भित्र गर्ने तयारी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शनिबार काठमाडौंको दहचोकदेखि नौबिसे नजिकको सिस्नेखोलासम्म बन्ने सुरुङको तयारीका बारेमा स्थलगत निरिक्षण गर्दे आगामी बर्षको जेष्ठ भित्र शिल्यानाश गर्ने वताएका हुन । सुरुङ विसं २०७९ पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ भने यसको लागत १७ अर्ब लाग्ने बताइएको छ ।
सुरुङ निर्माणका लागी जग्गा अधिग्रहणको कार्य सक्न पनि उहाले स्थानीय तहलाई निर्देशन दिए । त्यस्तै उहाले कलंकी नागढुङ्गा सडकको पनि स्थलगत निरिक्षण गर्दे पहिलेको तुलनामा उक्तखण्ड निकै सुधार भएको दाबी गरे । अवकाे केही महिना भित्र धुलाे रहित सडकमा सरर हिड्ने दिन अब टाडा छैन मन्त्री महासेठले भने ।
त्यस्तै उहाले प्रधानमन्त्री केपी ओलीको चासोमा निर्माण भइरहेको कलंकी खड्कागाउँ, कंकाली गुम्वा, हुदै इन्द्रदल काजी कालुपाण्डे सडकको पनि निरिक्षण गर्दे प्रगतीको पनि जानकारी लिनुभयो । उक्त सडक निर्माणका लागी सरकारले १८ करोड २९ लाख बिनियोजन गरको छ भने आगामी बर्षको मंसिरसम्म सकाउन लक्ष्य लिइएको छ ।
त्यस्तै मन्त्री महासेठले सो क्षेत्रमा भइरहेका अन्य पूर्वाधारका बारेमा पनि जानकारी लिनुभएको प्रदेशसभा सांसद केशव पोखरेलले जानकारी दिनुभयो । मन्त्री महासेठले महादेवस्थान, दहचाेक जाेड्ने पुल तत्कालीन एमाले नेता केपी अाेलीले सिल्यानास गरेकाे र अहिले किन अलपत्र परयाे भने विषयमा चासाे लिदै उत्त पुल निर्माण गर्न सरकार लाग्ने र प्राविधिक सहितकाे टाेली साेमवार सम्म खटाईने वताए ।
त्यस्तै बलम्वु दहचाेक जाेड्ने पुलकाे निर्माणकार्यमा पनि उहाले चासाे राखे । उत्त पुल एक वर्ष देखि अलपत्र हुदा दहचाेकका स्थानीय जाेखिम पुर्ण यात्रा गर्न बाध्य छन् ।
नेकपाका नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरिलाई नैपालकै नमुना पर्यटकीय स्थल वनाईने वताए ।उनले सांसद विकास काेष वाट चन्द्रागिरिकाे पर्यटकीय विकासका लागि रकम समेत विनियोजित गरेकाे वताए ।
प्रदेश सभाका माननीय सांसद श्री केशव पोखरेल देशकाे अार्थिक समाजिक रूपान्तरमा सवैले साथ र सहयाेग गरे समृद्ध नेपाल बन्नमा कुनै बाधा नअाउने वताए ।
चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समग्र विकासका लागि कार्ययाेजना नीति नियम र विकास प्रति जनताहरूमा अपनत्व हुने गरि स्थानीय सरकार गम्भीर रहेकाे वताए ।
स्थलगत निरिक्षणमा मन्त्री रघुविर महासेठ सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी, चन्द्रागिरि नपाका प्रवक्ता श्री हरिभक्त महर्जन वडा नम्बर १ वडाअध्यक्ष राजेन्द्र केसी, २ नं वडाध्यक्ष श्री गोपी सुर्खेत, ५ नं वडाध्यक्ष श्री कान्छाभाई महर्जन, १३ नं वडाध्यक्ष श्री वालमुकुन्द बिडारी, वडा सदस्य, ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापा १२ नं वडाध्यक्ष श्री प्रकाश श्रेष्ठ लगायतले उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस