दाङमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


चैत ९, दाङ । दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका नवडा नम्बर २ नन्द्रागाउँमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दंगीशरण गाउँपालिका थपगाउँ निवासी गोरख चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा १ च ३४६ नम्बरको माेटरसाइकल र पश्चिमबाट तुलसीपुर तर्फ आइरहेको बा ९७ प ८५६२ नम्बरको भ्यान एक आपसमा ठोक्कीदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

९ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको