भारतीय कन्टेनरको धन्दा: आउँदा सामान ल्याउने, जाँदा लागुऔषध बोक्ने


चैत ९, धादिङ । धादिङ प्रहरीले पृथ्वी राजमार्ग्स्थित गजुरी गाउँपालिका १ गजुरी बजारबाट शुक्रबार बिहान एक सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ ।

याे समाचार सरिता श्रेष्ठले नागरिकमा लेखेकी छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन् ।

काठमाडौँमा सामान छाडेर भारतको उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेस फेला पारेको हो ।

ट्रकको क्याबिनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले साे चरेश फेला पारेको हो ।

पछिल्लाे समय पृथ्वी राजमार्गमामा जाँच गर्दा खासगरी भारतीय नागरिक लागुऔषध र पर्दाथसहित बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

९ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको