विप्लव नेकपाका स्थायी समिति सदस्य ‘सुदर्सन’सहित ९ जना पक्राउ


चैत ९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थाई समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।

फाइल तस्बिर 

प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले सुदर्शनसहित ९ जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेका हो ।

प्रहरीले सुदर्सनसहित रामकृष्ण खतिवडा, शंकर अधिकारी, धर्मराज राजबाहक, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडकालाई पनि पक्राउ गरेको छ ।

काभ्रेबाट काठमाडौं आइरहेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले बताएका छन् ।

ललितपुरको नख्खुमा भएको बम विस्फोटको घटना वलीकै योजनामा भएको प्रहरीको दाबी छ ।  प्रहरीले उनीहरूलाइ काठमाडाैं ल्याउने तयारी गरिररहेकाे बताइएको छ ।
सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ तथा धरपकड गरिरहेको छ ।

९ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको