ताप्लेजुङ समाजसेवा यूएईले आफ्नो प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी


फागुन ११, युएइ । ताप्लेजुङ समाजसेवा यूएईले आफ्नो प्रथम महाधिवेशन भब्य सम्पन्न गरेको छ ।

युएइको बरदुबई स्थित सिल्भर स्पुनमा सुक्रबार सम्पन्न अधिबेसनबाट आगामी २ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । युएइमा संस्था स्थापना भएको मार्च २०१७ देखि समाजको अध्यक्ष पदमा जिम्मेवारी सम्हाल्दै आएकी सोनी भण्डारीलाइ पुन: आगामी २ बर्षे कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरि समाजको प्रथम र द्वितीय उपाध्यक्षमा दावा छिरिङ शेर्पा र घनेन्द्र खतिवडालाई चयन गरेको छ । महासचिवमा भवानी लिम्बु, सचिवमा बुद्ध लिङदेन, कोषाध्यक्षमा रस्ना लिम्बू र सह–कोषाध्यक्षमा धनेन्द्र कार्की चयन भएका छन् ।

नवगठित समितिको सदस्यहरुमा शिवरात्री नाल्बो, लोकेन्द्र पालुङ्वा, नुपु शेर्पा, बलराम अधिकारी, सरस्वती लिम्बू, यशाेधा कार्की, खगेन्द्र अधिकारी, गौरव ओली, टंक गुरुङ, रिज्जु सिटौला, राज लिम्बू, विकास बनेम, उदिप ओख्राबो, विवेक लिङ्देन, राम अन्छोङबो र ओङ्दी शेर्पा चयन भएको नवगठित समितिका महासचिव भवानी लिम्बूले जानकारी दिनुभयो ।

गुनजमान गुरुङको संरक्षकत्वमा गजबहादुर बनेम, पारसमणि पौडेल, डम्बर लिवाङ् लिम्बू र काजी गौतम सहाभागी रहेको ४ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र अन्य अतिथिहरुमा एनआरएन यूएईका महासचिव कृष्ण पौडेल, समाजका संरक्षक तारा बहादुर लिम्बु, सल्लाहकारहरु गजबहादुर बनेम, पारसमणि पौडेल, डम्बर लिवाङ् लिम्बू र काजी गौतम लगायत अन्य विभिन्न संग संस्थाबाट उपस्थित प्रतिनिधिहरु रहेका थिए ।

अदिबेसनमा समाजका महासचिव भवानी लिम्बुले संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन समाजका कोषाध्यक्ष बुद्द लिङदेनले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ताप्लेजुङको संस्कृति झल्काउने धान नाच, च्याब्रुङ नाच प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकारहरु पारस लामा, सुरेन्द्र लामा होमनाथ कुवँर लगायतले गीत तथा सुनिता लिम्बू र लक्ष्मी भट्टराईले नृत्य प्रस्तुत गरेका थिए ।

सोनी भण्डारीको सभापतित्व रहेको कार्यक्रममा घनेन्द्र खतिवडाले स्वागत मन्तव्य तथा दावा शेर्पा र सरोज लिम्बूले कार्यक्रमको सञ्चालन गरेका थिए ।

यस्तो छ प्रस्तुत बार्षिक प्रतिबेदनको पूर्ण पाठ:

२०१७-२०१९ कार्य प्रतिबेदन (स्थापना सन् १० मार्च २०१७)

ताप्लेजुङ समाज सेवा युएई संस्थाले समाज कल्याण र मानवीय हितको लागि निम्न बमोजिमको बुदाहरुमा रहेर सधै अग्रिम भूमिका निर्वाह गर्ने छ ।

१. संस्थामा आबद्द सदस्यलाई युएईमा आइपर्ने आपतकालीन समस्या जस्तै: सडक दुर्घटना, आकस्मिक मृत्यु, घातक रोगले पिडत भएर लामो समय सम्म युएई स्थित हस्पिटलमा बस्नु पर्ने र कम्पनीले कुनै कारणवस अचानक निर्वासित गर्ने अवस्थाहरु सृजना भएमा लामो समय सम्म कम्पनिबाट तलब नपाएमा, कुनै कम्पनिबाट फ़साएमा, अंगभंग भएको अवस्था भएमा संस्थाले पहिलो प्राथमिकतामा राख्दै सम्भव भए सम्मको आर्थिक नैतिक, भौतिक कुटनैतिक र सामाजिक रुपमा सहयोगीको भूमीका निर्वाह गर्ने ।

२. संस्थामा आबद्द सदस्यहरुको परिवार भित्र घट्ने आकस्मिक र असाधारण किसिमको घट्नाहरु जस्तै: प्राकृतिक प्रकोप, आगलागी, सडक दुर्घटना, दीर्घकालीन रोगले ग्रस्त: क्यान्सर पिडित, मृगौला पिडित, मुटु रोगी र प्यारालाई सिस जस्ता घातक रोगको उपचार गर्नु पर्ने अवस्था सृजना भएमा भूकम्प दवरा घर भतकिएमा, बाढि पहिरोबाट ज्यान गएमा, घर बिहिन भएमा, अन्धा तथा अनाथ भएमा संस्थाले पहिलो प्राथमिकतामा राख्दै संभव भए सम्मको आर्थिक, नैतिक, भौतिक र सामाजिक रुपमा सहयोगीको भूमीका निर्वाह गर्ने ।

३. संस्थामा आबद्द हरेक सदस्यहरु लाई, संस्थाको आवश्यक महसुस भएको अवस्थामा, सरल र सहज तरिकाले आफ्नो समस्याहरु संस्थामा राख्न सक्ने वातावरण सृजना गरिने ।

४. युएई प्रवासमा कार्यरत रहेका अधिकतम ताप्लेजुङ निवासी दाजुभाइ तथा दिदी बहिनीहरुलाई सदस्य बनाउन पहल गर्ने र अस्थाई घर ताप्लेजुंग र स्थाई घर अन्तर जिल्ला भएको इच्छुक व्यक्तिले यस सस्थामा सदस्य बन्न चाहेमा सदस्यता बनाउने पहल गर्ने |

५. संस्थाले कुनै पनि मानवीय समस्याको निराकरण गर्ने क्रममा संस्थामा आबद्द सदस्यहरुलाई सधै पहिलो प्राथमिकता दिने ।

६. संस्थाले युएइ स्थित कार्यरत समस्त ताप्लेजुंग वासीहरुको उद्दार गर्दै नेपालमा पनि ताप्लेजुङ वासीहरुलाई भइपरी आउने आपतकालीन समस्या र गरिव दु:खी बेसहारा वर्गहरुलाई राहत स्वरूप आर्थिक तथा अत्यावश्यक बस्तुहरु उपलब्ध गराउन पहल गर्ने ।

७. आबद्द सदस्यहरु सधै एकआपसमा सामाजिक सहयोग र सद्भावको सम्बन्ध कायम राख्दै प्रवासमा आईपर्ने विभिन्न समस्याहरुको बिरुद्द एकमत भइ हातेमालो गर्दै समस्याको समाधान गर्न तत्पर रहने ।

८. संस्थाका प्रतिभावान तथा संस्था प्रति विशेष योगदान पुर्याउने व्यक्तित्वहरुको पहिचान गरि प्रसंशा-पत्र, सम्मान-पत्र प्रदान गर्ने ।

९. “ताप्लेजुङ समाज सेवा युएइ” संस्थाका सम्पुर्ण सदस्यहरुको सामूहिक हातेमालो र बलबुताले संस्था सफल बन्दै आर्थिक रुपमा सम्पन्न भएको खण्डमा संस्थालाई नेपालमा पनि NGO को रुपमा दर्ता गराउदै ताप्लेजुङ लगायत समस्त गरिव दु:खी बेसहारा नेपालीहरुको हितमा काम गर्नेछ ।

ताप्लेजुंग समाज सेवा युएईको स्थापना काल देखि प्रथम महाअधिबेशन सम्म के काम र उपलब्धिहरु

क. जम्मा सहयोग सकलन रकम ८७१४०.५४ (८७ हजार १ सय ४० र ५४ फिल्स)/ लगभग नेपाली २७ लाख रुपया |
ख. जम्मा सहयोग गरिएको रकम ८२५७३.६८ (८२ हजार ५ सय ७३ र ६८ फिल्स) / लगभग नेपाली २६ लाख रुपया |
ग. जम्मा सहयोग कोषमा रकम रकम ४५६६ .८६ (४ हजार ५ सय ६६ र ८६ फिल्स)
घ. आकष्मिक कोषको निर्माण र कोषमा जम्मा रकम १६५५.०० (१ हजार ६ सय ५५ दिराम) | यो रकम ताप्लेजुंग समाज सेवा युएईमा आबद्ध सदस्यहरुको लागि मात्र सदुपयोग गरिने छ |

सहयोग गरिको रमकको विवरणहरु

१. १४ अप्रिल २०१७ ताप्लेजुंग जिल्ला संथाक्रा निवासी लाक्पा खाङ्डु शेर्पा (दृस्टी बिहिन) लाई मानबिय सहयोग स्वरुप ४८० दिराम / रुपया १३००० (अक्षेरी तेर्ह हजार रुपया) हस्तान्तरण गरिएको थियो |

२. १४ अप्रिल २०१७ खोटाङ्ग जिल्ला निवावासी देवी माया लामा श्रेष्ठलाई दुबाईको असतर अस्पतालमा उपचार्थ हुँदा उपचार खर्च स्वरुप २८५० दिराम (अक्षेरी अठाइसय पचास दिराम) आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो |

३. ९ जुन २०१७ खोटाङ्ग जिल्ला निवावासी देवी माया लामा श्रेष्ठलाई दुबाईबाट नेपाल लागि उपचार गराउने क्रम थप सहयोगको दिराम ६५० /रुपैया १७७५९ (अक्षेरी सत्र हजार सात सय उन्न्सतरी) हस्तान्तरण गरिएको थियो |

४. ९ जुन २०१७ ताप्लेजुंग जिल्ला सिद्दिङ्गवा गाउपालिका -४ निवाशी श्री ताराबहादुर लिङ्गदेन (समाजका सदस्य) आपतकालीन अबस्थामा घर नेपाल जानु पर्ने अबस्था भएकोले आउने जाने क्रमको एक तर्फी हवाई टिकेट स्वरुप दिराम ७१० (अक्षेरी सातसय दस दिराम) हस्तान्तरण गरिएको थियो |

५. १४ जुलाई २०१७ ताप्लेजुंग जिल्ला पाथिभरा याङ्गरक-१ निवासी समाजका सदस्य धर्मेन्द्र कार्कीको भाइ स्व. हरि कार्कीको असमाहिक निधन (अध्यनको शिलशिलामा झापा बस्दै आउनु भएको थियो) हुनाले समाजले स्व. हरि कार्की परिवारलाई दिराम ५००/रुपया १३७४४ (अक्षेरी तेर्ह हजार सात सय चावालीस) आर्थिक सहयोग हस्तारण गरिएको थियो |

६. १४ जुलाई २०१७ ताप्लेजुंग जिल्ला फुंगलिङ्ग नगरपालिका वार्ड न. ९ (हाङ्गदेवा ) निवासी श्री सुक बहादुर शेर्पा उपचार खर्च दिराम ३८०/रुपया १००००(अक्षेरी दश हजार) आर्थिक सहयोग हस्तारण गरिएको थियो |

७. ११ अगुस्ट २०१७ ताप्लेजुंग जिल्लाको अति दुर्गम इलाकामा यांगजोम शेर्पा दवारा संचालित अभियान “घुन्सा स्वास्थ चौकी निर्माण” अभियानलाई रूपया १७१६९५ (अक्षेरी एक लाख एकहतर हजार छ सय पंचान्न्बे रुपया) आर्थिक सहयोग हस्तारण गरिएको थियो साथै घुन्सा फाउडेसन भवन निर्माण कार्य गरि रहेको सबैमा जानकरी गर्दछौ | यस घुन्सा फाउडेसनका अध्यक्ष सुश्री याङ्गजोम शेर्पा हुनु हुन्छ | दुर्गम बस्तिको लागि उदरणिय कार्य गर्नु गरेकोका घुन्सा फाउडेसनका अध्यक्ष सुश्री याङ्गजोम शेर्पा ज्यूलाइ ताप्लेजुंग समाज सेवा युएई हार्दिक धन्यबाद व्यक्त गर्दछ |

८. १५ सेप्टेम्बर २०१७ गत साल अविरल वर्षाको कारण देशको बिभिन्न भागमा भएको भौतिक र मानबिय क्षेती लागि झापाली समाज युएइले संचालन गरेको अभियानलाई दिराम ५०० (अक्षेरी पाँच सय ) आर्थिक सहयोग हस्तारण गरिएको थियो |

९. ११ अगुस्ट २०१७ : समाजको आन्तरिक कार्य सहजीकरणको लागि एक थान ल्याप्टप खरिद गरिएको थियो | जसको मुल्य १२९९ दिराम रहेको छ |

१०. १५ सेप्टेम्बर २०१७ गत साल अविरल वर्षाको कारण देशको बिभिन्न भागमा भएको भौतिक र मानबिय क्षेती लागि ५२ सस्था समिलित “संयुक्त संयन्त्र युएइ” ले संचालन गरेको अभियानलाई दिराम ७०० (अक्षेरी सात सय ) आर्थिक सहयोग हस्तारण गरिएको थियो |

११. १५ सेप्टेम्बर २०१७ ताप्लेजुङ जिल्ला मैवाखोला गाउपालिका वाड नम्बर ५ फाकुम्बा निबासी श्रीमती बिस्नु कुमारी नेयोङ (वनेम) उपचार खर्च रूपया १९,१६० (अक्षेरी उनाइस हजार एक सय साठी) आर्थिक सहयोग हस्तारण गरिएको थियो |

१२. १५ सेप्टेम्बर २०१७ ताप्लेजुंग जिल्ला फुंगलिङ्ग नगरपालिका -१० (फुरुम्बो ) निवाशी श्री यसोदा कार्की (समाज सदस्य ) आपतकालीन अबस्थामा घर नेपाल जानु पर्ने अबस्था भएकोले आउने जाने क्रमको एक तर्फी हवाई टिकेट स्वरुप दिराम ५०० (अक्षेरी पाँच सय ) आर्थिक सहयोग हस्तारण गरिएको थियो |

१३. १३ अक्टोबर २०१७ ताप्लेजुंग जिल्ला फुंगलिङ्ग (तिन धारे) घर भै झापा जिल्ला दमक नगरपालिका १ मा कार्यरत श्री तुलसी सिग्देल उपचार खर्च स्वरुप नेपाली २०५१३ (अक्षेरी बिस हजार पाच सय तेह्र रुपया) आर्थिक सहयोग हस्तारण गरिएको थियो |

१४. १० नोवेम्बेर २०१७ ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका ८ भित्ते (साबिक दोखु ७) बस्ने श्री ख्यामराज राईको उपचार खर्च स्वरू रु १५९६५ (अक्षेरी पन्द्र हजार नौ सय पैसठी) आर्थिक सहयोग हस्तारण गरिएको थियो |

१५. २९ डिसेम्बर २०१७, नवलपरासी सेवा समाज युइएले “थानेश्वर भुशाल बचाउ अभियान युएई” संचालन गरेको अभियान सहयोग स्वरुप दिराम ५१० (अक्षेरी पाँच सय दस ) आर्थिक सहयोग हस्तारण गरिएको थियो | यस अभियानको लागि नवलपरासी समाज युएई लगाएत सहकार्य गरि कार्य सफल गर्नु हुने सम्पूर्ण सघ/सस्थाहरु लाई ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

१६. २० डिसेम्बर २०१७, जिल्ला ताप्लेजुंग त्रिबेणी गाउपालिका (साबिक हाङ्गपाङ्ग-४) निवासी बिशाल माङ्गयुङ्गलाई साईनसीस रोग हुदै इनिसियल (फिम्लोमा) क्यान्सर, उपचारको लागि रुपया ६८८०० (अक्षेरी-अठसठि हजार आठ सय) आर्थिक सहयोग हस्तारण गरिएको थियो | यस अभियानको लागि सहयोगको लागि समाज सेवी पी एस निङ्गलेकु लगाएत समाजका सम्पूर्ण टिमलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

१७. २० मार्च २०१८, ताप्लेजुंग जिल्ला फुङ्गलिङ्ग नगरपालीका-७ ताप्लेजुङ (साविक दोखु) हाल बुधबारे-झापामा बसोबास गर्दै आउनु भएको लुङजङ माईला (केशरसिंह पालुङ्वा) को क्यानसर उपचारको लागि रुपया ५०,९७७ |- (अक्षेरी पचास हजार नौ सय सतहतर रुपया ) आर्थिक सहयोग हस्तारण गरिएको थियो | यस अभियानको लागि सहयोगको लागि लोकेन्द्र पालुङ्गवा लिम्बु लगाएत सम्पूर्ण टिमलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

१८. १३ अप्रिल २०१८, चितवन जिल्ला निवासी तोप बहादुर बिक अभियानलाइ दिराम ५०० (अक्षेरी पाचसय) आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो | यस अभियानको लागि एन आर एन ए युएई लगाएत सहकार्य गरि कार्य सफल गर्नु हुने सम्पूर्ण सघ/सस्थाहरु लाई ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

१९. २० अप्रिल २०१८, सन् २०१४ देखि युएईमा कस्टपूर्ण जीवन बितौदै आउनु भएका समाजका सदस्य श्री लोकेश खतिवडा ज्यू लाई समाजका केन्द्रिय सदस्य श्री गुन्जमान गुरुङको संयोजत्व मा सकलित रकम दिराम १३०० (अक्षेरी तेर्ह सय) हस्तारण गरिनेछ | यस अभियानको लागि झापाली समाज युएई, प्रबासी एकता समाज -नाङ्गखोल्याङ्ग, पत्रकार दिल्ली हुमागाई, राम प्रसाद ढुंगेल आबद्ध सम्पूर्ण टिमलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२०. २५ बैसाख २०७५, पान्थर जिल्ल्ला फालेलुङ्ग गाउपालिका बाडीपहिरोले क्षेत्रीग्रस्त २० घर परिवारलाई ताप्लेजुंग समाज सेवा युएईको समन्यनमा बाडीपहिरो नोक्सान पुर्याएको ठाउँहरुमा राहत प्रदान गर्ने उदेश्य मानबिय सहयोग को लागि गठन गरिएको “संयुत संयन्त्र युएई” को राहत रकमलाई किरात याक्थुंग चुम्लुङ्ग पान्थरको सहकार्यमा १०८१०० (एक लाख आठ हजार एक सय रुपया) बराबर सामग्री पिडित परिवारलाइ हस्तारण गरेको थियो | यस अभियानको लागि संयुत संयत्र युएई मा आबद्द सम्पूर्ण सघ/सस्थाहरु र नेपालमा राहत बितरणको लागि विशेस सहयोग भूमिका खेल्नु हुने सस्था किरात याक्थुंग चुम्लुङ्ग पान्थर, समाज सेवा सगर केरुङ्ग र राजेन्द्र केरुङ्गलाई ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२१. ६ जुलाई २०१८ यस ताप्लेजुंग समाज सेवा युएईले स्नतोकर कक्षा संचलनार्थ “पाथीभरा बहुमुखी क्याम्पस” लाई नेपाली रु १०८०३५ (अक्षेरी एक लाख आठ हजार पैतिस मात्र) आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो साथै पाथीभरा बहुमुखी क्याम्पसमा स्नतोकर कक्षा सचालन भएको सबैमा जानकारी गर्दछौ | यस अभियानमा सहयोग गर्नु हुने सस्थापक अध्यक्ष श्री डिल्ली मादेन, केन्द्रिय सदस्य लोकेन्द्र पालुङ्गवा लगाएत सम्पूर्ण टिमलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२२. १८ सेप्टेम्बर २०१८ ताप्लेजुंग जिल्ला “पाथिभरा याङ्वरक गाउपालिका” – २ (साबिक थेचम्बु) को बिभिन्न ठाउमा गएको बाडी/पहिरोले पुर्याएको क्षेतीको मानबिय सहयोगको लागि “ताप्लेजुंग समाज सेवा-युएई” ले निम्न उल्लेखित परिवारलाइ मानबिय सहायो प्रदान गरेको थियो |

१. श्री चन्द्र लाल पौडेल – (साबिक थेचम्बु-८) -५०००/- (पाँच हजार)
२. श्री ओदराज पौडेल- (साबिक थेचम्बु-2) -५०००/- (पाँच हजार)
३. श्री तुलाराम कटुवाल -(साबिक थेचम्बु-८) -५०००/- (पाँच हजार)
४. श्री काजी कटुवाल-(साबिक थेचम्बु-८) -५०००/- (पाँच हजार)
५. श्री ओक कुमार लिम्बु -(साबिक थेचम्बु-८)-५०००/- (पाँच हजार)

यस कार्यको लागि ताप्लेजुंग समाजका सस्थापक अध्यक्ष डिल्ली मादेन ज्यु र रेड क्रस ताप्लेजुंगलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२३. १९ नोबेम्बर २०१८ बिरामी जित बहादुर लिम्बुको घर फर्कौ अभियानमा जम्मा २२१४५ दिराम सहयोग गरिएको थियो | मस्तिष्कमा रगत जमेका कारण गम्भीर विरामी भइ उपचारका क्रममा कोमामा रहेका ताप्लेजुङ घर भइ हाल मोरङको रतुवामाई बस्ने जीतबहादुर लिम्बूलाई स्वदेश फर्काइएको थियो । उक्त कार्यको लागि युएईमा किर्यशील ३५ भन्दा धेरै सस्थाहरु संग सहकारी गरिएको थियो भने केहि रकम युएईमा कार्यरत परिवारका सदस्यहरु सहयोग गर्नु भएको थियो |

यस अभियानलाइ साथ सहयोग गर्नु हुने श्री पशुपति बचत सस्था युएई, संघिय लिम्बुवान सामाजिक मंच युएई, ताप्लेजुङ्ग समाज सेवा युएई ,मितेरी समाज युएई (केन्द्र), मितेरी समाज युएई (दुबाई शाखा), नेपाली समाज युएई, प्युठान स्वर्गद्वारी समाज युएई, दाङ्ग देउखुरी समाज युएई, किरात याक्थुंग चुम्लुङ्ग युएई,परिवार सदस्यहरु (श्री गंगा लाल थलंग लिम्बु,श्री नन्दलाल थलंग लिम्बु,श्री चन्द्र लाल वनेम लिम्बु,श्री अमन थाङ्गदेन लिम्बु), युमा साम्यो महा सम्मेलन संयोजक समिति युएई, तनहु समाज युएई, जबेल अलि समुह, युएई, पाल्पाली समाज युएई, झापाली समाज युएई , नेपाली समुदाय युएई , एन आर एन ए युएई ,अल एन जेल गोर्खे ग्रुप, युएई ,सामुहिक युवा प्रयास बहुउद्देश्यीय सहकारी सस्था काठमाडौं नेपाल, व्यक्तिगत रुपले लोकेन श्रेष्ठ, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई, नेपाल आदिबासी जनजाति महासघ, युएई, तमु समाज, युएई, तामांङ्ग समाज, युएई ,मगर सघ, युएई ,किरात राइ यायोक्खा, (दुबाई शाखा) युएई, नेवा: पुचः युएई, शेर्पा किदुग, युएई, थारु कल्याणकारिणी परिसद, युएई, सुनुवार सेवा समाज, युएई, भुजेल समाज,युएई, नर बहादुर सुनुवार, पूर्ण बहादुर सुनुवार (व्यक्तिगत ), धन प्रसाद लिम्बु (मलेसिया), जन प्रगतिशील मोर्चा युएई, नेपाली राजदुतबास युएई, रसिद अस्पतालको ब्यबस्थानपन टिम लगाएत तपलेजुंग समाजका सम्पुर्ण टिमलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२४. १६ डिसेम्बर २०१८ झापा जिल्ला शिबसताक्षी नगर पालिका निवासी (हाल काठमाडौँको हरि सिद्धि क्यान्सर अस्पताल) मा उपचार्थ क्यान्सर पिडित करण राईको उपचार सहयोगको लागि “ ताप्लेजुंग समाज सेवा युएई” ले समाजको उपाध्यक्ष श्री गुन्ज मान गरुङ्ग मार्फत् अनिता गरुङ्ग को उपस्थितमा बिरामीलाई नेपाली रुपया ७१६९१ /- (एकह्तर हजार छ सय एक्कनाब्बे मात्र ) सहयोग रकम हतान्तरण गरिएको छ | यस अभियानलाइ सहयोग गर्नु हुने इन्द्र गुरुङ र योगेन गुरुङ लगाएत समाजको सम्पुर्ण टिमलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२५. १६ डिसेम्बर २०१८ दुवै मृगौला फेल भएर आवुधावीको खालिफा अस्पतालमा उपचाररत चितवन रत्ननगर–२ टाँडीका सुमन परियारलाई उपचार सहयोगार्थ “ताप्लेजुंग समाज सेवा युएई” ले उपचार लागि आर्थिक सहयोग अभियन्ता चितवन सामाज युएईका अधक्ष्य श्री गणेश न्यौपाने ज्यु लाई दिराम ५४२ /- (पाच सय बयालीस) समाज संरक्षक/अध्यक्ष श्री तारा बहादुर लिङ्गदेन र श्री सोनी भण्डारीले हस्तारण गर्नु भएको छ | यस अभियानको लागि चितवन समाज युएई र पत्रकार उमाकान्त पाण्डे ज्युलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२६. ११ जनवरी २०१९ : जिल्ला ताप्लेजुङ सिरीजङघा गाउँ पालिका वाड न: ७ (खेवाङ ) निवासी श्री कृष्ण प्रसाद लिङदेन लिम्बू र आमा कृष्ण कुमारी लिङदेन लिम्बु को छोरा बर्स १९ का दुवै मिर्गौला (फेल) पिडित बिक्रम लिङदेन लिम्बु लाई ताप्लेजुङ समाज सेवा युएईले आर्थिक सहयोग युएई दिराम ३१७५ / नेपाली रुपैयाँ ९७७६६ (सन्तानब्बे हजार सात सय छैसठी) आर्थिक सहयोग रकम हस्तान्तरण थियो । यस अभियानलाइ सहयोग गर्नु हुने आयोज केरुङ्ग उत्थान मंच र राज खिम्दिङ्ग र टिका लिम्बु ज्यु लगाएत ताप्लेजुंग समाज सेवा युएइका सम्पुर्ण टिमलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२७. ८ फेब्रुवरी २०१९ : रोल्पाली समाजले चलाएको बोनम्यारो पीडित प्रेम बहादुर बचाउलाई ५५० दिराम सहयोग गरिएको छ | उक्त सहायोग रकम समाजको संचित कोषबाट उपलध गराएको छ | यस अभियानको लागि अन्तरास्ट्रिय रोल्पाली समाज ज्युलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२८. १५ फेब्रुवरी २०१९ : डिस्कभरी रोयल स्पोर्ट्स कम्पनीको आयोजना र ताप्लेजुंग समाज सेवा युएईको सहकार्यमा मिति फागुन १६ बिहिवारका दिन ताप्लेजुङ जिल्लाको उद्योग बाणिज्य संघको सभा हल हुन् गइ रहेको कार्यक्रमको लागि समाजको तर्फबाट ५०० दिराम (नेपाली रुपया पन्ध्र हजार ) सहायो गरिएको छ | यस अभियानको लागि ताप्लेजुंग समाज सेवा युएई मार्फत समन्यनको भूमिका खेल्नु हुने समाजका अध्यक्ष सोनी भण्डारी ज्यु , निशुल्क तालिम आयोजक डिस्कभरी रोयल स्पोर्ट्स एल एल सी का ब्यबस्थापक ओम उप्रेती ज्यु , जिल्ला (स्थानीय तह) मा समाज तर्फ प्रतिनिधित्व गर्नु हुने गोपाल भण्डारी /यांगजोम शेर्पा ज्यु, प्रचार प्रसारकोलागि सहयोगी भूमिका खेल्नु हुने तमोर एफ एम र फुंगलिङ्ग नगर पलिकाता लागाएत सम्पूर्ण प्रशिक्षक र सहभागीमा लाई ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

२९. २२ फेब्रुवरी २०१९ : ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका–५ (साबिक फाकुम्बा (२ घोडेटार) निवासी बर्ष ३८ का बिरामी छत्रध्वज वनेम लिम्बूको दुबै मिर्गौला फेलको ताप्लेजुंग समाज सेवा युएईले दिराम १०४७१ दिराम (नेपाली रुपया लगभग तिन लाख बिस हजार रुपया) रकम हस्तारण गरिने छ | यस अभियानलाइ सफल बनाउनु सहयोग गर्नु हुने सबिता थाङ्देन सिङ्गक, प्रेम वनेम, इन्द्र लिम्बु,लिल बहादुर कार्की ,बबिराम थोप्रा ,भिम कुमार नेयोङ्ग ,देउमान वनेम, लासाङ्ग निङ्गलेकु लिम्बु ,गुरास लिम्बु, सुनिल इवार, डम्बर कुमार प्रसाइ ,राजेश वनेम, डम्बर लिबाङ ,घनेद्र प्रसाई, बिकाश लिम्बु,खगेन्द्र यक्सो ,बिक्रम पन्धाक साथै लागि ताप्लेजुंग समाज सेवा-युएईको सम्पुर्ण टिमलाई बिसेष ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

३०. २२ फेब्रुवरी २०१९ : समाजको प्रथम महाअधिबेसनको खर्च ब्यस्थानको लागि बिभिन्न शिर्षकमा ३२०० दिराम खर्च भएको छ | खर्च रकम समाजले गरेको २ बर्षको संचित कोषबाट लागनी गरिएको छ | खर्च ब्यबस्थापनको लागि प्रतेक बैठकमा उपस्थित भएर हाम्रो कार्यक्रमलाइ सफल पारिदिनु हुने समाजका सदस्य ज्युहरुलाइ ताप्लेजुंग समाज सेवा युएई धन्यबाद व्यक्त गर्दछ |

३१. समाजको स्थापना देखि अहिले सम्म १३३ जना ताप्लेजुंग बासिहरु हार्मो समाजको सदस्य बन्नेका छौ | यसरि नै आउने दिनमा पनि तपाई सम्पुर्ण ताप्लेजुंगबासिको साथ सहयोग र माया समाजले प्राप्त गर्ने छ भन्ने पुर्ण बिश्वास लिएको छ |

३२. ताप्लेजुंग जिल्लामा जन्म भए चलचित्र क्षेत्रमा निर्देशन र निर्माताको योगदान पुर्याउनु हुने श्री किशोर सुब्बालाई सम्मान गरिएको थियो |

३३. नेपालीलाई प्रबासमा परेको समस्याहरुलाई कर्तब्य र मानबिय नाताले सहयोग गर्नु हुने राजदुताबासका सहचारी सुश्री हिरा यादबलाई अन्य समाजहरु संग सहकार्य गर्दै बिदाई तथा सम्मान गरिएको थियो |

३४. सस्थापक केन्द्रिय सदस्य श्री बिबस मादेन लिम्बू ज्यूलाई बिदाई कार्यक्रम गरिएको थियो |

३५. सस्थापक अध्यक्ष श्री डिल्ली मादेन लिम्बू ज्यूलाई बिदाई कार्यक्रम गरिएको थियो |

३६. सस्थापक केन्द्रिय सदाय श्री सनाम शेर्पा ज्यूलाई बिदाई कार्यक्रम गरिएको थियो |

३७. संरक्षक श्री निमा शेर्पाको ज्यूलाई बिदाई कार्यक्रम गरिएको थियो |

३८. सस्थाका सदस्य हेमन्त गौतम ज्यूलाई बिदाई कार्यक्रम गरिएको थियो |

३९. १४ जुलाई २०१८ मा नेपाली समुदाय र ताप्लेजुंग समाज युएईले भानु जयन्ति मनाएको थियो |

४०. १ सेप्टेम्बर २०१८ मा युएईमा क्रियाशील संग सस्थाहरु संग बुद्ध जयन्ति मनाएको थियो |
बिगतको कार्यहरुलाई मुल्याकन गर्दै आउने दिनमा ताप्लेजुंग समाज सेवा युएईले निम्म कार्य योजनाहरुलाई गर्ने उदेश्य लिएको छ :
१. सस्थाको उदेश्यमा उलेखित बुदाहरुलाई यथास्तिथिमा राख्दै ताप्लेजुंग जिल्लाबाट बैदेशिक रोजगारको शिलशिलामा युएईमा बसोबास गर्नु हुने सम्पूर्ण सदस्यहरुलाई समस्या परेको खण्डमा समाजले गर्नु सक्ने नैतिक र आर्थिक रुपले साथ-सहयोग गर्ने साथै अन्तर समाजहरु संग हातेमालो बदाउदै सामाजिक दायित्वको कार्यहरु गर्ने छ |

२. ताप्लेजुंग समाज सेवा युएईलाई सस्थाको स्थापनाको उदेश अनुरुप बैधानिक रुपमा जिल्लामा दर्ताको लागि पहल गर्ने |

३. ताप्लेजुंग जिल्लाको ७ वटा स्थानीय तहमा शैक्षिक स्तरनोतिको लागि भूगोल, जनसख्या र सामाजिक परिबेसलाई अध्यन गरि स्थानीय तहको सहयोगमा बिद्यालयमा स्थापित पुस्तकालयहरुलाई शैक्षिक र आबस्यकिय आधारभूत भौतिक सामग्रीहरु सहयोगको लागि पहल गर्ने |

४. ताप्लेजुंग जिल्लाको ७ वटा स्थानीय तहमा अवस्थित स्वास्थ्य चौकी / इलाकामा भूगोल, जनसख्या र सामाजिक परिबेसलाई अध्यन गरि स्थानीय तहको सहयोगमा स्वास्थ्य चौकी /इलाकाहरुलाई आबस्यकिय भौतिक स्वस्थ सामग्रीहरु उपलध गराउनु अभियानहरु सचालन गर्ने |

५. ताप्लेजुंग जिल्लाबाट स्थायी वा अस्थायी रुपले संसारको बिभिन्न भागमा पुगेर आफ्नो जन्म भुमिलाई कर्म भुमिबाट केहि योगदान गर्नु सकिन्छ भन्ने उदेशले स्थापना गरिका सामाजिक समाज/सघ/सस्थाहरु संग कार्यगत एकताको लागि पहल गर्ने | जसको लागि ताप्लेजुंग समाज सेवा युएईले सबै मुलुकमा स्थापति सामाजिक समाज/सघ/सस्थाहरु संग समन्यन गर्न एक समिति बनाइ सामाजिक कार्यमा कार्यगत एकताको लागि पहल गर्ने छ |

समाजको स्थापना काल देखि अहिले सम्म जे जसरि सहयोग गर्नु भएको छ | यसरि नै आउने दिनहरुमा समाजका सदस्य ज्युहरु र युएईमा क्रियाशील सघ/सस्थाहरुले ताप्लेजुंग समाज सेवा युएईलाइ साथ दिनु हुने छ भन्ने पुर्ण विश्वास लिएको छु |

धन्यबाद
भवानी माङ्गमु लिम्बू
महासचिब
ताप्लेजुंग समाज सेवा युएई

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको