‘आफ्नै कुकुर घाँडो’


गर्ला भनि घरको रक्षा पाले कुकुर मैले
के को गर्नु रक्षा हजुर घाडो भा छ यैले
दुइ घरको कलो जुठो खादा मिठो मानि
त्यहि भएर बिग्रो कि खै यो कुकुरको बानि

कुन कलोमा बेगार पर्यो अचम्मै पो भा छ
निस्वार्थी त्यो प्राणिपनि स्वार्थी हुदै गा छ
घरै फोर्ने चोर आउदा टाड मुनि लुक्छ
कलो खाने बेला भए सेवा लाउन भुक्छ

अनायसै भुक्यो आज बिघ्न कतै भो कि
बिरामी ति बुढी आमा बढ्यो कि खै खोकी
जर्फ़राउदै उठे राति हेरे तल माथि
के भएर भुक्यो भन्दै अधेरिको साथि

देखाउछ केहि जस्तो गरि वरि परि घुम्यो
चाम्रे पुचछर डोल्याउदै खाली भाडो सुम्यो
हन्त्कारी शान्त पार्न कलो थपे मैले
के भएर यस्तो गर्छ सोच्न थाले यैले

भुक्नै छाड्यो स्याललाई देख्दा शाधु देख्दा भुक्छ
कलो खान सेवा लाउछ अरु बेला लुक्छ
कुखुरा चोर्ने स्याल संग साखै हुन जान्छ
उनले फाल्या टाउको खुट्टा मिठो मानि खान्छ

टोलै भरका कुकुरको नाईके जस्तो गरि
सबै कुकुर हिड्दा रछन उसका वरिपरि
स्यालले फाल्या खुट्टा खादा नभरिएर पेट
उसको कलो खादा रछन हुदा जम्मा भेट

अरु पाल्ने जिम्मा समेत लेको रछ यैले
खेद्छु अब यस्तो डाम्नो पल्दिन भो मैले !!!!

अर्जुन राज पन्त

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको