मेरी बास्सैका हाँस्य कलाकार राजु मास्टरको फेसबुक ह्याक भएपछि…


फागुन ११, काठमाडौँ । ‘मेरी बास्सै’का हाँस्यकलाकार राजु पौडेल अर्थात राजु मास्टरको फेसबूक ह्याक भएको छ । विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबूक ह्याक भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् ।

हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’का निर्देशकसमेत रहेका राजु मास्टरको फेसबुक ह्याक भएको हो । फेसबुक ह्याक भएपछि दोषीमाथि कारबाहीको माग गर्दै उनी प्रहरीसम्म पुगेका हुन् ।

फेसवुक ह्याक भएर अनावश्यक तस्वीरहरु पोष्टहरु हुन थालेपछि समस्या सिर्जना भएर पौडेलले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।

उनले आफ्नो फेसवुक ह्याक भएर हजारौं शुभचिन्तकहरुलाई सचत गराउंदै नयां फेसवुक खोलिएको र पुरानो फेसवुक आइडिमा व्लक गरिदिन सवैमा अनुरोध समेत गरेका छन् ।

पौडेलले आफ्नो फेसबुक शुक्रबार साँझ ६ वजेबाट ह्याक भएको थियो । ह्याक भएको पौडेलको फेसबुकमा कोरियन भाषाका शब्द लेखिएको छ ।

पछिल्लो समय विभिन्न चर्चित व्यक्ति, सेलिब्रिटीहरुको फेसबुक ह्याक हुने क्रम बढेको छ ।  कलाकार राजु मास्टरको फेसबुकमा ५ हजार वढि साथी र ९ हजार  वढि फलोअर्स रहेको उक्त फेसबुक ह्याक भएपछि दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बताएका छन् ।

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको