नख्खु बम विस्फोटमा परी घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्ने


फागुन ११, काठमाडौं । सरकारले नख्खु बम विस्फोटमा परी घाइते भएकाहरूको उपचार खर्च व्यहोर्ने भएको छ ।

शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसँगै पुगेका गृहमन्त्री रामबहादुर थापाले सो कुरा बताएका हुन् ।

यसका साथै,उनले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाए ।

घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ ।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटमा परी तीन जना घाइते भएकोमा लम्जुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ ।

घाइतेका परिवारजनले घटनाका दोषीलाई छिटो कारबाहीको दायरामा ल्याउन आग्रह गरेका थिए । गृहमन्त्री थापाले देशैभर भएका घटनाप्रति दु:ख व्यक्त गर्दै सरकार गम्भीर रहेको बताए ।

बम कसले राखेको हो भन्नेबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । यस्तै देशका विभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी भएका छन् ।

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको