बम विस्फोटमा घाइतेमध्ये एकको उपचारको क्रममा मृत्यु


फागुन ११, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि अज्ञात समूहले गराएको बम विस्फोटमा घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घाइते अन्य दुई जनाको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

सुरक्षा गार्डको भूमिका शंकास्पद, केही पक्राउ

विष्फोटमा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।

एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएको हो । घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार साँझ भएकाे साे बम विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको