दैलेखमा नेकपाको अभियान तिब्र, जनवादी कलाकारको बेजोड प्रस्तुती [फोटोफिचर]


फागुन ११, दैलेख । नेपाल कम्युनिस्ट पार्टीद्धारा देशव्यापि संचालीत संगठन सुदृणिकरण तथा बिस्तार अभियान २ पश्चिम कमान्डअन्तर्गत दैलेखमा सानदार रुपमा अघि बढीरहेको छ । माघ १ गतेबाट सुरु भएको अभियानमा कलाकारहरुले समेत बेजोड प्रस्तुती दिईरहेका छन् ।

अभियान कै क्रममा पश्चिम कमाण्डले फागुन १ गते दैलेखमा जनयुद्ध दिवस मनाइएको छ । दैलेखमा नवगठित ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारका कलाकारहरूको विशेष सांस्कृतिक कार्यक्रमसहित जनसभा सम्पन्न भएको हो ।

सभामा पश्चिम कमान्डअन्तर्गत कर्णाली ब्युरो सदस्य भीष्मकुमार शाही र सङ्गमले सम्बोधन गरेका थिए । वक्ताहरूले चुनावका बेला झुठा आश्वासन जनतालाई बाडेर चुनाव जितेपछि भारी करबृद्धि गरी उनीहरुमाथि नै शोषण गरिरहेको भन्दै सत्ताधारी राजनीतिक दललाई खबरदारी गरेका थिए ।

महासचिव विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीले जनताको जनसत्ता बेज्ञानिक समाजवाद स्थापनार्थ एकिकृत जनक्रान्ति सुरु गरेको भन्दै उनीहरुले एकीकृत जनक्रान्तिले सबैखाले शोषण, दमन र विभेद अन्त्य गर्ने र दलालहरूलाई ठेगान लगाउने बताए ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य मदन शाहीले पनि बोलेका थिए ।दैलेखमा ३५ सदस्यीय सांस्कृतिक परिवार गठन भएपछि कर्णालीमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान भव्य बन्दै गएको जानकारी नेकपाका कर्णाली ब्युरो सदस्य भीष्मकुमार शाहीले बताए ।

उता, दैलेखको राखम कर्णाली सांस्कृतिक महोत्सव नेकपाको ज्वाला सहिद स्मृति सांस्कृतिक परिवारका कलाकारहरूको जनवादी सांस्कृतिक कार्यक्रममा स्थानियको पनि चमचम गर्ने खुकुरी बोलको गीतमा क्रान्तिकारी नृत्य गरेपछि दर्शकहरू झुम्मिएका थिए ।

महोत्सव सामूहिक कार्यक्रम भए पनि सांस्कृतिक कार्यक्रमका कारण नेकपामय बनेको दैलेखबाट प्राप्त समाचारमा जनाइएको छ ।
यस्तै चामुण्डा बिन्द्रासैनि नगरपालिका मा विशाल जनसभागरी फागुन १ गते २४ औ जनयुद्ध दिबस जनकलाकारकाे बेजाेड प्रस्तुतिसहित सम्पन्न गरेकेा छ ।

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको