संगठन, नेता-कार्यकर्ता र चरित्र


जनक राज ढुंगाना ‘कालु’ । नेतृत्वसँगै नेता र अनुयायीको सुरुवात हुन्छ । नेता भन्नाले संगठनमा अधिकार प्राप्त व्यक्ति हो । जसले नीति-नियम अनुसार निर्देशन दिने अधिकार प्राप्त गरेको हुन्छ । अनुयायी भन्नाले नेताले दिएको निर्देशन अनुरुप कार्य गर्ने व्यक्ति हुन् । यसरी संगठनहरुमा व्यवस्थापक र कर्मचारी बीचमा नेता र अनुयायीका सम्बन्ध रहेको हुन्छ ।

नेतृत्व एक महत्वपूर्ण व्यवस्थापकीय कार्य हो । कुशल तथा प्रभावकारी नेतृत्वको अभावमा संगठनात्मक उद्देश्य प्राप्त गर्न सम्भव हुँदैन । कुशल नेतृत्वविनाको संगठन मियो बिनाको दाइँसरह हुन्छ । नेतृत्व दिने नेता सक्षम तथा दूरदर्शी हुनुका साथै प्रभावकारी व्यक्तित्व हुनुपर्दछ । त्यसैले भनिन्छ संगठनात्मक लक्ष्य हासिल गर्नको लागि संस्थालाई नेतृत्व दिने व्यवस्थापक असल नेतामा हुनुपर्ने गुणयुक्त हुनुपर्दछ । यसप्रकार नेतृत्व नेताद्वारा अनुयायीहरुलाई प्रभाव पार्ने एक कला हो ।

संगठनात्मक लक्ष्यप्राप्तिका लागि नेतृत्वको अहम् भूमिका हुन्छ । कुनै पनि संगठन सफल र सुचारु रुपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका लागि नेतामा पर्याप्त बौद्धिक क्षमता, दूरदर्शिता र नैतिकता र मिलनसार व्यवहार हुनु जरुरी हुन्छ । नेतृत्व भन्नाले सामूहिक उद्देश्य प्राप्तिको लागि परिस्थिति अनुसार अनुयायीहरुलाई प्रभावित गर्न सक्ने क्षमता वा गुणलाई जनाउँछ ।

नेतृत्वको विषयमा चर्चा गर्दा नेता र नेतृत्वमा के फरक छ, नेतृत्व भनेको के हो, नेतृत्व केका लागि भन्ने जस्ता प्रश्न आउँछन् । झट्ट सुन्दा हामी नेतृत्व भनेर राजनीतिक नेतालाई मात्रै बुझ्छौं । हाम्रो चिन्तन र सोचाइ राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको पाउँछौं । राजनीतिक नेताहरूले नीति बनाउने भएकाले उनीहरूको ठूलो महत्व छ । त्यो नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ तर राजनीतिक नेतृत्व मात्रै नेतृत्व हो त ? पक्कै होइन । यो सापेक्ष विषय हो ।

कुनै घरमा बाबुले, कुनैमा घरमा आमाले, कसैले घरको ज्येष्ठ सदस्य वा कुनै घरमा सामूहिक निर्णय लिने चलन पनि हुन्छ । नेताको विम्वका रुपमा वीपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई सेरवहादुर देउवा आदिको नाम अगाडि आउँछ । तर, कुनै पनि नामले हामीलाई रोमाञ्चित बनाउन भने सक्दैन । कुनै समयमा बनायो होला । तर, सधैं बनाइरहन सक्दो रहेन छ । सबल र सक्षम भनिएको नेतृत्व पनि हेर्दा–हेर्दै धरासयी हुँदो रहेछ । यसबाट नेतृत्व भन्ने कुरा पनि सधैं रहिरहने होइन भन्ने थाहा पाउन सकिन्छ ।

एउटा अन्तर्वार्तामा एडमण्ड हिलारीले शिखरको सबैभन्दा माथिल्लो उचाइमा पुग्नुको अर्को स्टेप भनेकै तल झर्नु हो भनेका थिए । नेतृत्वको विषयमा चर्चा गर्दा पनि यो कुरा लागु हुन्छ । त्यसैले नेतृत्व के हो भन्ने विषयमा आफैंमा त्यति सरल छैन । विश्वविद्यालयहरूमा पनि नेतृत्वको विषयमा पढाइन्छ । तर, नेतृत्व र नेताका बारेमा बुझ्न निकै कठिन भइरहेको छ ।

एरिस्टोटल भन्छन्, हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्छौं । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन् । त्यस विषयमा निर्णय कसले लिन्छ ? त्यो निर्णय लिने व्यक्ति वा संस्था नै नेतृत्व हो ।

सामान्यता व्यक्ति २ ओटा कारणले नेता बन्न चाहान्छ । केही व्यक्तिहरु तिव्र चाहना, आवेग कुनै क्षेत्र÷पेशा प्रतिले राजनीतिमा आउँछन् । भने अर्को सामान्य सैद्धान्तिक आधार, कारण र लिगेसीबाट राजनीतिमा आउँछन् । Vocation को कारण नेता बन्नेहरु नै इतिहासमा महान नेता भनि दर्ज भएका उदाहरण छन् जस्तो वी.पि.कोइराला, गान्धी, अब्राहम लिङ्कन आदि । उनिहरुलाई राजनीतिबाट (नेता बन्न) बाट अलग गर्न सायद असम्भव थियो । राजनीतिक मुख भन्दा अलग भएर विरासत र क्रमबद्धताले नेता भएकाहरुको कम चर्चा हुन्छ । किनकि उनिहरुले आफ्नो मान्यता स्थापित गर्नु भन्दा पनि अग्रजहरु कै सैद्धान्तिक धरातललाई निरन्तरता दिन्छन् ।

नेताको प्रवृतिको कुरा गर्दा गणेशमान सिंहले भन्नु भएको थियो “कोही भिडको पछाडि लागेर नेता बन्छन्, कोही भिडलाई आफु पछाडि लाएर नेता बन्छन् ।” असली नेता त्यही हो जसले आफ्नो मान्यतामा अरुलाई हिडाउन सक्छन् । सैद्धान्तिक धरातल र दार्शनिक पक्ष जेसुकै भए पनि हाम्रो जस्तो समाजमा व्यक्तिहरु नेता वन्नुमा विशिष्ट, मौलिक र व्यवहारिक कारणहरु प्रधान छन् । प्रजातन्त्र प्राप्तिको लडाई, तानाशाही राजतन्त्र, माओवादी जनयुद्ध, समावेशी लोकतन्त्रको सङघर्षले गर्दा व्यक्तिहरु धेरै राजनैतिक पार्टीहरुमा स्थापित नेता बने ।

अधिकार प्राप्ती, लोकतन्त्र संस्थागत भएपछि पनि किन यत्रो धेरै नेता बन्ने भिड आयो त भन्ने प्रश्न उठ्न सक्छ ? लोकतन्त्रमा सामाजिक मुद्दाहरु, समस्याहरु नहुने होइनन् तर के नेता बन्नुमात्र समाधान हो त ? अंग्रेजीमा एउटा भनाइ छ ‘Leadership is not only obligation but also an opportunity’ अर्थात ‘नेतृत्व गुनासो मात्र होइन अवसर पनि हो’ यो व्यवहारमा चरितार्थ हुनुपर्छ । नत्र आवधिक निर्वाचनबाट नेता बन्ने र राजनीतिलाई बिना लगानीको व्यापार बन्छ । सेवा भन्दा पेशा बनाउनाले समाज रुपान्तरीत हुनुको सट्टा विकृति सिवाय केही हुनसक्दैन । समाजमा सिर्जनशिल व्यक्तिहरु नेता बन्ने कि बेरोजगारहरुको अखडा राजनीति बन्ने ?

समस्या उजागर गर्न मात्र नेता बन्ने कि समाधानमुखी बन्ने आजको प्रश्न यहि हो । नेताले उनीहरुबीचको सम्बन्धलाई स्पष्ट पार्दछ, जसले गर्दा उनीहरुबीच हुन सक्ने द्वन्द्वलाई कमी गर्दछ । नेताले व्यक्तिगत लक्ष्यहरुलाई संगठनका लक्ष्यहरुसँग एकीकृत गर्दछ, जसले सामूहिक हित सृजना गर्दछ । उसले समूहका कार्यहरुबारे राम्रो जानकारी राखी सामूहिक प्रयासहरुलाई समन्वय गर्दछ । त्यसैले नेताले संगठनका विभिन्न विभागहरुको निगरानी गर्दै तिनीहरुका क्रियाकलापहरुबीच समन्वय गर्दछ ।

संगठन बारे

विभिन्न क्रियाकलापहरुको बीचमा समन्वय गर्नु पनि व्यवस्थापक वा नेताको कार्य हो । संगठनमा विभिन्न तह, विभाग र एकाइहरु हुन्छन् । प्रत्येक तह, विभाग र एकाइको सम्बन्ध अर्को तह, विभाग र एकाइसँग हुन्छ । त्यसैले विभिन्न क्रियाकलापहरु बीच समन्वय हुनु जरुरी हुन्छ । यदि क्रियाकलापको बीचमा समन्वय नभएमा संगठनात्मक लक्ष्यप्राप्ति हुँदैन । त्यसैले नेताले विभिन्न क्रियाकलापमा समन्वय ल्याउनुपर्छ । एउटा नेता आफ्नो समूहको प्रतिनिधि हो । नेताले बाह्य व्यक्तिहरु वा व्यवस्थापनसमक्ष समूहको प्रतिनिधिको रुपमा कार्य गर्दछ । समूहको हित हुने जुनसुकै कुरामा उसले पहल गर्दछ । साथै उसले अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु पूर्ति गर्दछ ।

नेताको अर्को महत्वपूर्ण कार्यसंगठनको प्रतिनिधित्व गर्नु हो । नेता अथवा व्यवस्थापक संगठनको सबैभन्दा बढी अख्तियार प्राप्त व्यक्ति भएको कारणले पनि व्यक्तिगत स्वार्थलाई त्यागी संस्थागत हितका लागि कार्य गर्नुपर्छ । व्यवस्थापकले विभिन्न संगठन र निकायसँग कार्य गर्दा नेताले आफ्नो संगठनको प्रतिनिधित्व गरेको हुनुपर्छ । नेताले आफ्नो समूहको प्रतिनिधित्व गर्दछ । उसले समूहको हित हुने सबै विषयहरुमा विशेष पहलकदमी लिन्छ । उसले आफ्ना अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु परिपूर्ति गर्नमा प्रयास गर्दछ । एउटा कुशल नेतामा संगठनका क्रियाकलापहरुसम्बन्धी प्राविधिक ज्ञान तथा सीप हुनुपर्दछ । नेताले संगठनका लक्ष्यहरु हासिल गर्न अनुयायीहरुलाई मार्गदर्शन गर्दछ । सहायकहरुसमक्ष समस्या आइपर्दा सरसल्लाह दिन नेता सदैव तत्पर हुनुपर्दछ ।

नेताले उनीहरुबीचको सम्बन्धलाई स्पष्ट पार्दछ, जसले गर्दा उनीहरुबीच हुन सक्ने द्वन्द्वलाई कमी गर्दछ । नेताले व्यक्तिगत लक्ष्यहरुलाई संगठनका लक्ष्यहरुसँग एकीकृत गर्दछ, जसले सामूहिक हित सृजना गर्दछ । उसले समूहका कार्यहरुबारे राम्रो जानकारी राखी सामूहिक प्रयासहरुलाई समन्वय गर्दछ । त्यसैले नेताले संगठनका विभिन्न विभागहरुको निगरानी गर्दै तिनीहरुका क्रियाकलापहरुबीच समन्वय गर्दछ । विभिन्न क्रियाकलापहरुको बीचमा समन्वय गर्नु पनि व्यवस्थापक वा नेताको कार्य हो । संगठनमा विभिन्न तह, विभाग र एकाइहरु हुन्छन् । प्रत्येक तह, विभाग र एकाइको सम्बन्ध अर्को तह, विभाग र एकाइसँग हुन्छ । त्यसैले विभिन्न क्रियाकलापहरु बीच समन्वय हुनु जरुरी हुन्छ ।

यदि क्रियाकलापको बीचमा समन्वय नभएमा संगठनात्मक लक्ष्यप्राप्ति हुँदैन । त्यसैले नेताले विभिन्न क्रियाकलापमा समन्वय ल्याउनुपर्छ । एउटा नेता आफ्नो समूहको प्रतिनिधि हो । नेताले बाह्य व्यक्तिहरु वा व्यवस्थापनसमक्ष समूहको प्रतिनिधिको रुपमा कार्य गर्दछ । समूहको हित हुने जुनसुकै कुरामा उसले पहल गर्दछ । साथै उसले अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु पूर्ति गर्दछ । नेताको अर्को महत्वपूर्ण कार्यसंगठनको प्रतिनिधित्व गर्नु हो । नेता अथवा व्यवस्थापक संगठनको सबैभन्दा बढी अख्तियार प्राप्त व्यक्ति भएको कारणले पनि व्यक्तिगत स्वार्थलाई त्यागी संस्थागत हितका लागि कार्य गर्नुपर्छ । व्यवस्थापकले विभिन्न संगठन र निकायसँग कार्य गर्दा नेताले आफ्नो संगठनको प्रतिनिधित्व गरेको हुनुपर्छ ।

नेताले आफ्नो समूहको प्रतिनिधित्व गर्दछ । उसले समूहको हित हुने सबै विषयहरुमा विशेष पहलकदमी लिन्छ । उसले आफ्ना अनुयायीहरुको मनोवैज्ञानिक आवश्यकताहरु परिपूर्ति गर्नमा प्रयास गर्दछ । एउटा कुशल नेतामा संगठनका क्रियाकलापहरुसम्बन्धी प्राविधिक ज्ञान तथा सीप हुनुपर्दछ । नेताले संगठनका लक्ष्यहरु हासिल गर्न अनुयायीहरुलाई मार्गदर्शन गर्दछ । सहायकहरुसमक्ष समस्या आइपर्दा सरसल्लाह दिन नेता सदैव तत्पर हुनुपर्दछ ।

नेतृत्व र कार्यकर्ता बारे

लोकतन्त्रमा नेतृत्वको चुनौति पनि छ । हामी वैधानिक तरिकाबाट समानताका कुरा गरिरहेका छौं । सबै मान्छे समान छौं, अवसरले नेतृत्वले स्थापित गर्छ भनिन्छ । तर, हाम्रो कामना के छ भने म पनि त्यो दैवी स्रोत लिएर आएको भए हुन्थ्यो । म पनि रामदेवजस्तो दुनियाँलाई घुमाउन सक्ने भएको भए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं । समानताको सिद्धान्तअनुसार हामी सबै बराबर छौं । मौका पाउने हो भने तपाई हामी सबै नेता बन्न सक्छौं । तर, नेता बनिसकेपछि के बिर्सन्छौं भने हामी नियम कानूनअनुसार गर्नुपर्ने काम गर्नका निमित्त आएको हुँ । म निमित्त हुँ भन्ने नै बिर्सन्छौं । समस्या यहीँनिर छ । नेतृत्वमा सबैभन्दा ठूलो सैद्धान्तिक समस्या कहाँनेर छ भने मान्छे, मान्छे हुन्छ गुणका कारण । तर, आज मान्छे, मान्छे छ समानताका कारण । यो समानताको जमाना हो । हरेकले केही केही काम गर्न पाउनुपर्छ र परिस्थिति सिर्जना भयो भने काम गर्न सक्छ भन्ने मान्यता छ ।

हाम्रो सन्दर्भमा हेर्दा दैवी नेतृत्व र क्यारिस्म्याटिक नेतृत्वको चाहना बढी देखिन्छ । नेतृत्वका विभिन्न तह हुन्छ । कसैले देशकै नेतृत्व गरिरहेको हुन्छ भने कसैको नेतृत्वमा एउटा विभाग वा सेक्सन हुन्छ ।नेतृत्व तुलनात्मक र सापेक्ष हुन्छ । तर, हाम्रो कल्पना कस्तो छ भने नेतृत्व बलवान हुनुपर्छ, बुद्धिमान हुनुपर्छ, जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ । नेता पहिला–पहिला फर्म भर्ने बेलामा नेताहरुले सामाजिक सेवा लेख्थे । अहिले राजनीति गर्नेहरूले पेशाको महलमा व्यावसाय लेख्छन् । राजनीति गर्नेहरूको सबैभन्दा ठूलो समस्या के हो भने उनीहरू लगानीकर्तामा परिणत भए ।

नेताहरू नै अस्पताल, विद्यालय चलाइरहेका छन् । चलाउन पाइँदैन भन्ने होइन, तर सार्वजनिक नीति आफ्नो अनुकुल बनाउनुभएन । उनीहरू आफ्नो स्वार्थबाट मुक्त छैनन् । संसदको नीति निर्माण आफ्नो व्यवसाय हेरेर बनाउनु भएन । सार्वजनिक हितमा काम गर्छु भन्ने हो भने यो विषयमा मेरो स्वार्थ बाझिन्छ, त्यसैले म यो काम गर्दिनँ भन्न सक्नुपर्छ । नेता धनी हुनु, ठूलो घर बनाउनु समस्या होइन । हिजो चप्पल लगाएको नेता गाडीमा हिँड्यो भनेर रोइलो गर्न पनि आवश्यक देख्दिनँ । तर, उसको आयआर्जनको स्रोत पारदर्शी हुनुपर्छ । भारतमा नेहरुलाई त कसैलाई प्रश्न उठाउन सकेन नि ।

नीति र चरित्रको कुरा

धनी र गर्न सक्ने मान्छे नै आउने हो राजनीतिमा । गरेर खानुपर्ने मान्छेहरू त साँझ बिहानका लागि, खानाकै जोहो गर्न लागिरहेका हुन्छन् । त्यो वर्गलाई त कम्युनिष्टहरूले रोमान्टिज्म मात्रै गरेका हुन् । परेका बेलामा उनीहरू कोदालो फ्याँक्न भने सक्छन् । दुनियाँले ट्याक्स तिर्ने, नेताले नतिर्ने हुनुभएन । राजनीति गर्नेहरूलाई विशिष्ट श्रेणीको जस्तो व्यवहार गरिन्छ । नियम, कानून र व्यवहार समान हुनुपर्याे । पदमा होस् कि नहोस्, कुनै पनि नेता लाइनमा बसेको देख्नुभएको छ ? मेरो भनाइ के हो भने समानताको जमानामा लिडरसीपको महत्व नै फरक हुन्छ । त्यसको ‘वेटेज’ नै फरक गर्नुपर्छ । हामी हिजोको असमानताको जमानाको कुरा गरिरहेका छौं । नेपालमा मात्रै राजनीतिमा आकर्षण देखिएको हो । संसारभरि राजनीतिप्रति विकर्षण छ ।

किनभने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले त यसलाई ‘डिक्लियरेसन अफ कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ पनि भनिन्छ । अमेरिकामा अहिले यो विवाद छ । डोनाल्ड ट्रम्पले मानिरहेका छैनन् । उनी व्यापार पनि गर्छन् । इथिक्स कमिटीले ट्रम्पलाई दबाव दिइरहेको छ ।

राजनीतिमा जाने मान्छेले म व्यक्तिगत लाभ लिने छैन भन्न नसक्दा नै जनताले जुन जोगी आए पनि कानै चिरेको भन्ने अवस्था आएको हो । ४ वर्ष, ५ वर्षमा निर्वाचन हुनुको अर्थ एउटा व्यक्ति निश्चित अवधिका लागि मात्रै पदमा जानुपर्छ भनेर हो । तर, हामीकहाँ बीसौं वर्षसम्म पनि त्यही व्यक्तिले पद ओगटिरहेको हुन्छ । यस्तै कारणले हाम्रो सार्वजनिक नीति फितलो भएको हो । जस्तो यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य सार्वजनिक हितमा छ । तर, नेतृत्वले व्यक्तिगत लाभ हेर्दा घोषणा भइसकेको सिण्डिकेट पनि अन्त्य हुन सकेन । समाजवाद उन्मुख नीति लिएको भनिए पनि शिक्षा क्षेत्रमा लागु हुन सक्दैन रे । किनकि त्यहाँ पनि व्यक्तिगत हितकै कुरा छ । मैले अघि राजनीति गर्नेहरू लगानीकर्ता भए भनेको थिएँ ।

राजनीतिमा पनि उनीहरूकै सन्तान नयाँ लगानीकर्ताका रुपमा आएका छन् । पैसा भएपछि राजनीतिमा स्थापित हुन गाह्रो छैन । पार्टी कब्जाको मनस्थितिबाट राजनीति अगाडि बढेकाले पुस्तान्तरणको कुरा मैले यहाँ देखेको छैन । गएको २० वर्षमा राजनीतिमा प्रयोग भएका शब्द लोकतान्त्रिक छैनन् । कब्जा, घेराबन्दीको कुरा आएका छन् । लोकतन्त्रमा पनि ‘कब्जा’ भन्ने हुन्छ र ? पार्टी्भित्र शत्रुगत व्यवहार छ । एकअर्काबीच बेलाचाल छैन ।

विकृत सम्बन्ध जोडिएको छ । सकारात्मक सम्बन्ध जोडिएका छैनन् । यो समय २१औँ शताब्दीको दोस्रो दशकको हो। विज्ञान प्रविधिको विकास, सूचना प्रविधिमा आएको क्रान्ति र चौथो औद्योगिक क्रान्तिको युगले सिर्जना गरेका अवसर र चुनौतीहरूका सामु नेपाली राजनीति वामेसम्म पनि सरेको छैन। नेपाली राजनीति, राजनीतिक नेतृत्व र जनमतको प्रवृत्तिसमेत आजको होइन, आजभन्दा २० वर्षअघितिरै फर्किएको छ। उल्टो दिशा फर्केको जनमत, यथास्थिति र सत्ता र शक्ति स्वार्थमा रमाउने नेतृत्व र आजको समयले सिर्जना गरेका चुनौतीहरू नेपाली राजनीतिका समस्या हुन्। यी समस्याको समाधान गर्न आजको नेतृत्वले हिम्मत गर्नुपर्छ तर ती चुनौती सामना गर्ने उपयुक्त योजनाको अभावमा नेतृत्व गहिरो संकटमा छ।

यो संकटबाट मुक्त हुन निकै ठूलो हिम्मत, त्याग र बलिदानको खाँचो छ। समयको अपेक्षा पूरा होला कि नहोला, यसै भन्न सकिन्न। फेरि पनि नेपाली राजनीति चुनौती र अवसरहरूको दोसाँधमा खडा भएको छ। अवसरलाई चुम्न नसक्दा अवसर चुनौतीमा बदलिनेछ भने चुनौतीलाई अवसरमा बदल्न सके त्यो नेतृत्व सफल ठहरिनेछ। एउटा अनौठो समाचार आएको छ । विदेश गएर नेपालका बारेमा आलोचनात्मक कुरा गर्नेको राहदानी रोक्नुपर्छ भनेर माधव नेपालले बोलेको भन्ने समाचार आएको छ । युएनसीएचआरलाई हटाउन जेनेभा र अरुण तेस्रोको विषयमा विश्व बैंकलाई पत्र लेख्ने उहाँ नै होइन र ? १२ बुँदे भारतमै भएको होइन र ? युवा नेतृत्वबाट पनि आश गर्न सकिने आधार देखिएको छैन । टाठाबाठा, जान्ने सुन्ने छन् । तर, उनीहरू पनि एउटा न एउटा पुराना नेताको फेरो समातेर हिँडेका छन् । दाइको अनुकम्पबाट माथि उठ्न सकेका छैनन् । नेतृत्व हस्तान्तरणका लागि त तलबाटै दवाब सिर्जना गरेर आउनुपर्ने हो । नेतृत्व वैधानिक प्रक्रियाबाट आउनुपर्छ । अहिले दासा मानसिकता हाबी छ । भित्रैबाट झिल्को जगाउने खालको छैन । सेल्फ करेक्टिङ अर्गनाइजेसन नै अगाडि बढ्न सक्छ ।

२०७५ फाल्गुन ११,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको