रोल्पा र सल्यानको सिमानामा हिमपात, विप्लवको अभियान (फोटो सहित)


खकेन्द्र केसी/माघ ९, सल्यान । गतराती सल्यान र रोल्पाको केहि भागमा ठुलो हिमपात भएको छ । हिमपातले जनजीवनलाई सामान्य प्रभावित पारेको छ ।

सल्यान र रोल्पाको सिमानामा पर्ने झ्याम डाँडामा भारी हिउ परेको छ भने अन्य भूभागमा पनि हिउ परेको छ । हिउ परेकोकारण निकै चिसो बढेको छ । अझै हिउपर्ने सम्भावना रहेको छ ।

हिमपातले पनि रोकेन विप्लवको अभियानलाई 

ठूलो हिमपात भएपनि नेकपाका नेताहरु बिहानै अर्को कार्यक्रममा निस्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा एकीकृत जनक्रान्तीको सिजन २ अभियानलाई तिव्र रुपमा अगाडि बढाएको छ ।

माघ ६ गते ढोरचौरमा उद्घाटन गरिएको सिजन २ अभियानका लागि सल्यानमा नेकपाका केन्द्रीय सदस्य चिरन पुन “मिलन” लगायतका नेताहरु अभियानमा छन् ।

हिजो ८ गते सिजन २ अभियान कार्यक्रम सल्यान र रोल्पाको सिमानामा पर्ने झ्याममा गरिएको थियो । छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ मा पर्ने बुराँसे झ्याममा भएको कार्यक्रममा रोल्पा र सल्यानका सयौं नेता, कार्यकर्ता तथा सुवेच्छुकको उपस्थिति भएको नेकपा सल्यानले जनाएको छ ।

यसरि पानी तथा हिमपात भएपनि अभियान नरोकिएको नेताहरुले बताएका छन् ।

तस्बिर: हिउ पर्दै गर्दा नेकपाका अभियान कर्ताहरु 

 

२०७५ माघ ९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको