सुनिल स्मृति गाउँपालिका द्वारा खेलाडीहरु सम्मानित


चोम बिष्ट/माघ ९, रोल्पा । प्रथम थबाङ गाउँपालिका कप तथा माघे संक्रान्ति मेला २०७५ को अवसरमा सुनिल स्मृति गाउँपालिकाका खेलाडीहरुले पुरुष भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछी खेलाडीहरुलाई स्मृति गाउँपालिकाले सम्मान गरेको छ । खेलाडीहरु स्मृति गाउँपालिकाको प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागी भएका थिए ।

विजय खेलाडीलाई मंगलबार अभिनन्दन गर्नुका साथै विजय-यालीको आयोजना समेत गरिएको थियो । सुनिलस्मृति ३ रुइनिबाङ बजारमा देखि सुरु भएको र्याली लसुलिचौर बजार परिक्रमा गरि गाउँपालिकाको सभाहलमा पुगि अभिनन्दन कार्यक्रममा परिणत भएको थियो ।

सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती प्रमुख अतिथि रहेको कार्यक्रममा बिभिन्न राजनितिक दलहरु, बुद्धिजिवि, व्यापारी, खेलाडि लगाएत स्थानियबासिहरुको बाक्लो सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी गुणेन्द्र घर्तीले खेलाडी हाम्रा लागि गहना भएको हुँदा खेललाई अझै ससक्त बनाएर लैजाने बताए । खेलाडीको लागि आवश्यक सहयोग गर्ने समेत बताएका छन् ।

२०७५ माघ ९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको