रमादेवी श्रेष्ठले भनिन ‘विप्लवको जनअदालतले मलाई न्याय दियो’


माघ ९, काठमाडाैँ । ललितपुरको कुसुन्ती बस्ने ७५ वर्षीया रमादेवी श्रेष्ठले नेकपाको जनअदालतले आफुलाई न्याय दिएको बताएकी छन् । आफ्नो जग्गा जबर्जस्ती खाइदिने सुरेस केसी बिरुद्द मुद्दा गर्ने सम्बन्धमा म वकिल काम गर्छु भनि ४ वर्ष पहिले ३ लाख ३५ हजार लिएर कुनै काम नगरी फरार भएका थिए । रमादेवीले न्यायका लागि सरकारी अड्डाअदालतमा जाँदा पनि श्रेष्ठले न्याय नपाउदा नेकपाको केन्द्रीय जनअदालतमा पुगेपछि न्याय पाएको बताएकी छन् ।

रमादेवीले मङ्गलबार एक प्रेस वक्तव्य जारी गर्दै आफूले कुनै पनि सरकारी अड्डाअदालत जाँदा पनि न्याय नपाएको तर नेकपाको केन्द्रीय जनपरिषद् नेपाल, केन्द्रीय जनअदालतले आफूलाई न्याय दिएको बताएकी छिन् ।

वक्तव्यमा उनले भनेकी छिन्, ‘मेरो जग्गा जबरजस्ती खाइदिने सुरेश केसीविरुद्ध मुद्दा गर्ने सम्बन्धमा म वकिलमा काम गर्छु भनी पुन्यप्रसाद गौतम नाम गरेका व्यक्तिले ४ वर्षपहिले ३ लाख ३५ हजार लिएर कुनै काम नगरी फरार भै नभेटिएको र कुनै सरकारी अड्डाअदालतमा जाँदा पनि मैले न्याय पाएकी थिइनँ । त्यसपछि नेकपाको केन्द्रीय जनअदालतमा पुगेँ र मेरो न्याय विप्लव नेतृत्वको नेकपाको जनअदालतले उक्त रकम असुलउपर गरी न्याय दिलाएको हुँदा मैले उक्त पार्टी र सो पार्टीको जनअदालतलाई बधाई तथा प्रगतिको शुभकामना दिन चाहन्छु । पीडितहरूलाई न्याय माग्न जनअदालतमा जानसमेत सल्लाह दिन चाहन्छु ।’

आफुले न्याय पाएपछि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको जनसत्ताको जनअदालतले जनतालाई न्याय दिएको भन्दै सम्पूर्ण पीडितहरूलाई जनसत्ताको जनअदालतमा जान आग्रह समेत गरेकी छिन् ।

हेर्नुहोस उनको प्रेस बक्तब्यको पूर्ण पाठ यस्तो छ:

आदरणीय जनसमुदाय, म रमादेवी श्रेष्ठ  ललितपुर म.न.पा वडा नं. १३ कुसुन्ती बस्ने बर्ष ७५ कि बृद्द महिलाको जग्गा जबर्जस्ती खाइदिने सुरेस के.सी. बिरुद्द मुद्दा गर्ने सम्बन्धमा म वकिल काम गर्छु भनि पुण्यप्रसाद गौतमले रु ३,३५,०००/- (रु. तिन लाख पैतीस हजार) चार (४) बर्ष पहिले लिएर कुनै काम नगरी फरार भै नभेटिएको र कुनै सरकारी अड्डा अदालतमा जाँदा पनि मैले न्याय पाएकी थिइन्, त्यसपछि नेकपाको केन्द्रीय जन अदालतमा पुगे । र मेरो न्याय यहि २०७५ /१०/७ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय जनपरिषद नेपाल, केन्द्रिय जनअदालतले मेरो साँवा रु. ३ लाख ३५ हजार असुल उपर गरि न्याए दिएको हुँदा, मैले नेतृत्व नेत्र बिक्रम (विप्लव) नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय जन अदालतका सबैमा बधाई तथा प्रगतिको शुभकामना दिन चाहान्छु र पिडितहरु न्याय माग्न जन अदालतमा जान समेत सल्लाह दिन चाहन्छु । धन्यवाद ।

रमादेवी श्रेष्ठ  

 

 

२०७५ माघ ९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको