अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) सानोठिमीको आयोजनामा खुला भलिवल प्रतियोगिता हुदै


तिलक के सी / माघ ९, भक्तपुर । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) सानोठिमी समितिको आयोजनामा सानोठिमी क्याम्पसमा खुला भलिवल प्रतियोगिता हुने भएको छ । करीव ४ लाखको लागतमा खुला भलिवल प्रतियोगिता हुन लागेको हो ।

भलिवल प्रतियोगिता माघ १५ गतेदेखि सानोठिमी क्याम्पसको खेल मैदानमा हुने भएको छ । आयोजक अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) सानोठिमी समितिले सयुक्त रुपमा आज माघ ९ गते बुधबार पत्रकार सम्मेलन गरि खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष द्वय गोरख केसी र प्रकाश केसीले प्रतियोगितमा प्रथम हुनेलाई ५० हजार र दोश्रो हुनेलाई ३० हजार र तेर्सो हुनेलाई २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था भएको बताए ।

पत्रकार सम्मेलनमा उपस्थित भएका स्ववियु सानोठिमी क्याम्पसका अध्यक्ष तथा अनेरास्ववियू ९क्रान्तिकारी०का केन्द्रीय सदस्य रमेश खड्काले खेल स्वास्थ्यकालागि र खेलाडी रास्ट्रकालागि भएको बताए । साथै उक्त प्रतिगितालाइ आफ्नो तर्फबाट गर्न सक्ने सहायोग गर्ने समेत उद्घोष गरे ।

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) सानोठिमी समितिले सयुक्त रुपमा वक्तव्य जारि गर्दै नेपालमा भलिवलको क्रेज बढेको र राष्ट्रिय खेल समेत भलिवल भएको गर्दा खुला भलिवल प्रतियोगिताको आयोजना गरेको र उक्त प्रतियोगितामा सहभागीताकालागि व्यक्ति, संघसस्था , क्याम्पस, क्लबहरुबाट टिम दर्ता गर्न सकिने छ । टिम दर्ता माघ १३ गते सम्म रहेको व्यहोरा समेत  वक्तव्यमा उल्लेख गरेको छ । साथै खेलाडीहरुलाई प्रतियोगितामा सहभागी हुन र सबैलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

२०७५ माघ ९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको