केन्द्रिय नितिअनुसार नै अध्यक्षलाई नियन्त्रणमा लिएका हौं: विप्लव नेकपा


पुस ६, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीलाई पार्टीले नियन्त्रणमा लिएको जानकारी गराएको छ ।

भेरी कर्णाली व्यूरो रवीले निकालेको विज्ञप्तिमा शाहीले गाँउपालिकामा भ्रष्टाचार गरेको र पार्टी विरुद्ध सुराकी गरेकाले सोधपुछका लागि नियन्त्रणमा लिएको उल्लेख छ । अध्यक्ष शाहीलाई आवश्यक छानबिनका लागि सकुसल राखिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेकपाले शाहीद्वारा गरिएको भ्रष्टाचार असुली गराउन र विनासर्त देशव्यापी हिरासत र जेलमा रहेका नेता तथा कार्यकर्ता विनासर्त रिहाइ गर्न मागसमेत गरेको छ ।

साथै आफ्ना मागलाई वेवास्ता गरि फेरी दमन र गिरफ्तारी गर्न खोजेमा सामाजिक फासिवादी केपी सरकारविरुद्द कडा भन्दा कडा संघर्षमा उत्रिने चेतावनी जारी विज्ञप्ति मार्फत जनाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति

६ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको