गाउँपालिका अध्यक्ष नियन्त्रणमा


पुस ६, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको जनाईएको छ । शनिबार राति अध्यक्ष शाहीलाई उनकै घरबाट ने.क.पा दैलेखले नियन्त्रणमा लिएको पार्टी निकट स्रोतले जनाएको छ ।

अध्यक्ष शाहीलाई लिन जाँदा उहाँको श्रीमती सँगै हिँडेको तर पछि बाटोमा नै छोडिदिएको नेकपा दैलेखले जनाएको छ । श्रीमानलाई नियन्त्रणमा लिएर जाँदा उनीसंगै श्रीमान पनि जान्छु भनेर जबर्जस्ती हिडेको तर उनलाई बाटोमा नै छोडेको छ नेकपाले जनाएको छ ।’

जिल्ला प्रहरी कार्यालय दैलेखले अध्यक्ष शाहीको खोजीका लागि विशेष फोर्स परिचालन गरेको बताएको छ । अध्यक्ष शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतको दाबी छ ।

 

६ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको