‘बाहुनबाद’ साँछी बसेको देश :दिपा बुढा मगर


दिपा बुढा मगर ।

बाहुन र क्षेत्री थरसंग मेरो कुनै विशेष आपत्ति छैन । तर बाहुनबादबाट विकसित शासक संग भने आपत्ति छ । सबैको मुखमा एउटै प्रश्न छ कि देश किन बनेन ? कुरा सिधा छ, ‘बाहुनबाद’ साँछी बस्दा मेरो देशले यो हबिगत भोग्दै छ ।

जसले आधुनिक नेपालको पछिल्लो २५० बर्ष देखि नेपालको शासन सत्ता चलाए।

तिनै शासकहरुले नागरिकहरुलाई जहिले पनि रैती, प्रजा र जनता बनाइराखे । एक अर्कालाई फुटाउ र राज गर भन्ने मात्रै सिकाए । साम, दाम, दण्ड, भेदको नीति अनुरुप जसरी पनि आफू सत्तामा पुग्नुलाई नै परिवर्तन भने । आफ्नो बर्ग फेरिनुलाई नै आम नेपालीको बर्ग फेरिएको ठोकुवा गरे ।

कसैलाई लागेको होला कि उनै शासकहरुले गर्दा हामीले गणतन्त्र पायौं । त्यो भ्रम अब कसैले नपाल्दा हुन्छ । राणा शासनको विरुद्धमा धावा बोल्ने श्रीपति गुरुङ, सुकदेब गुरुङ र लखन थापा देखि लिएर माओवादी जनयुद्ध हुँदै पछिल्लो मधेस आन्दोलनसम्म कुन बर्ण र जाति समुदायका मानिसहरु सहिद भए ?

खासगरी शासकहरुले लडाउन मात्रै जाने, मिलाउन होइन । बिगार्न मात्रै जाने, सपार्न होइन । निर्माण होइन, ध्वस्त गर्न सिकाए । उनिहरुलाई केवल सत्तामा पुगे भइहाल्यो ।

कहिले प्रजातन्त्रको नाममा युवाहरु लडाए, कहिले गणतन्त्रको नाममा युवाहरु भिडाए । जसले रगत बगायो, त्यसलाई सधैं पिढमै राखे । उनैले जातिय स्वतन्त्रको नाममा समुदाय-समुदायको बिचमा बिभाजन ल्याए ।

सुगौली सन्धी कसले ग-यो ? १९५० को असमान सन्धी कसले ग-यो ? महाकाली कसले बेच्यो ? कर्णाली कसले बेच्यो ? पछिल्लो ३० बर्षको प्रजातान्त्रिक अभ्यासको क्रममा ३ हजार उद्योगहरु कसले कौडीको भाउमा बेच्यो ? यसमा पनि ब्राह्मणबादी लिगेसी बोकेका शासकहरुले बेचेका थिए ।

नेपालमा अठार अठार घण्टा लोडसेडिङ गरेर, जेनेरेटर ब्यापारीहरुबाट कमिसन खाने पनि यिनै थिए । एकाएक कुलमान घिसिङले लोडसेडिङ घटाउँछु भनेर कम्मर कस्दा लोडसेडिङ हटाए सार्बजनिक पदबाट राजिनामा दिन्छु भन्नेहरु पनि यिनै थिए । पछि लोडसेडिङ साच्चिकै हटेपछि फेरी लाजै नमानी मैले गर्दा हटेको हो भनेर जस लिन खोज्ने पनि यिनै समुदायका थिए ।

अहिले महाबिर पुनले चार प्रतिशतमा ऋण खोजिरहेका छन । देशलाई केही दिन्छु भनेर अमेरिकाको त्यो मान र प्रतिष्ठा छोडेर नेपालमा केही गर्छु भनेर आएका महाबिर पुनलाई सरकारको तर्फबाट कुनै सहयोग भएन । बाहुनबादको लिगेसीमा जन्मिएका बालक आदित्यलाई यहि प्रधानमन्त्रीले एक करोड दिए । बिज्ञानको क्षेत्रमा केही गर्छु भन्नेलाई केही नदिने तर कुनै दैबी शक्ति भएको भनिएको बच्चालाई करोडौं दिनेहरुलाई किमार्थ कम्युनिस्ट मान्न सकिदैन ।

कम्युनिस्टले द्वन्द्वात्मक भौतिकबादमा बिश्वास गर्छ, न कि कुनै इश्वरिय शक्तिमा । बाहुनबादको चरित्र यस्तै हुन्छ ।

बिदेशीएका युवाहरुलाई स्वदेशमै सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने ओली सरकारको नौटंकीलाई मान्छेहरुको सपनाको दुनियाँ मानिएको अमेरिका छोडेर नेपालमा बैज्ञानिक आबिस्कार गर्न तम्सिएका महाबिर पुनले राम्रोसँग उदाङ्ग पारिदिए । जब बैज्ञानिक महाबिर पुनहरुलाई सरकारले केही सहुलियत दिन सक्दैन भने अरुले पाउने कुरामा कसैले बिश्वास नगर्दा हुन्छ ।

केही दिन अगाडी यति ग्रुपलाई गाेकर्ण बुझाउन मगर समुदायको गृहमन्त्री रामबहादुर थापालाई हटाइए र पानी टंकीमा पैसाको बिटो लुकाउनेलाई ल्याइए । सम्झाैता अबधि ६ बर्ष बाकी छदै थप २५ बर्ष यति ग्रुपलाई नै दिन ऐन नै बदले ।

मुख्यसचिव सहित सरकारका सातजना सचिव पदाधिकारी हुने समिति भंग गरेर प्रधानमन्त्रीकाे खल्तिका तीन जनालाई कार्यकारी सदस्य बनाए ।

गृहमन्त्री रामबहादुर थापाले गोकर्ण यति ग्रुपलाई नदिने अडानमा थिए । स्मरण रहोस् कि यति ग्रुपले गोकर्णको २८०० रोपनी सरकारी जग्गा प्रति रोपनी पाँच सयको दरले भाडा बुझाउदै आएको छ ।

कौडीको भाडा दरमा यति ग्रुपलाई दिन नसकिने रामबहादुर थापाले समितिमा अढान नछाडेपछि थापालाई समितिबाट हटाइयो र प्रधानमन्त्रीको गोजीबाट समिती निर्माण गरियो । त्यही समितिले यतिलाई थप २५ बर्षसम्मको लागि जग्गा दिने सम्झौता ग-यो ।

आफ्नो फाइदाको लागि बिधान पनि परिवर्तन गरिछाडे । चाहे देश कंगाल होस् तर जसरी हुन्छ फाइदा लिने हो, यहि सोचले देश बिग्रेको हो ।
कसैलाई नपच्न सक्दछ तर यहि सत्य हो कि, यो देश बाहुनबादले डुबाएकै हो ।

-लेखकका आफ्नै निजि बिचार हुन

६ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको