पुस ६, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा परेका दैलेख ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही नियन्त्रण मुक्त भएका छन।
आइतबार अध्यक्ष शाहीलाई सकुशल मुक्त गरेको छ । अध्यक्ष शाहीलाई सम्झाइ बुझाई घर फर्काइएको नेकपा दैलेखले जनाएको छ।
शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस