पुस ६, काठमाडौं । गरिमा विकास बैंकले आईतबार धादिङको धादिङ्गवेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटिएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस