मङ्सिर ६, काठमाडौं । चन्द्रागिरिमा जारी तेस्रो संस्करणको ‘ए’ डिभिजन फुटवल प्रतियोगितामा अन्तर्गत फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँगै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकैनै प्रतिस्प्रर्धामा खेल भए पछि अन्तिम समयको सदुपयोग गर्दे थ्री स्टार अन्तिम चारको लक्ष्यमा पुग्न सफल भएको छ । निधारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रहेपछि खेल टाइब्रेकरतर्फ जाने आकलन गरिएको थियो ।
तर इन्ज्युरी समयमा रुपेशले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक देव लिम्बूले बचाउन सकेनन् । गोलकर्ता रुपेश नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
उनलाई ५ हजार रुपैया र म्यान अफ दि म्याचको अवार्ड महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख तथा प्रहरी निरिक्षक शंकर खड्का र आयोजक दिपशिखा क्लबका अभ्यक्ष रवि बुढाथोकीले प्रदान गरे ।
फ्रेन्ड्सले यसअघि चन्द्रागिरी नगरपालिकालाई ५–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । ब्राजिलियन खेलाडीलाई मैदान उतारेको फ्रेन्ड्सले केहि अवसर सिर्जना गरेपनि दुरभाग्ग सावित भयो ।
अव थ्री स्टारले सेमिफाइनलमा सरस्वती र एपीएफ बीचको आयोजक समतिका अध्यक्ष रवि बुढाथोकीले शनिबार हुने तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र डिफेन्डिङ च्याम्पियन च्यासल युथ क्लबसंग दिउँसो २: ३० बजे हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस