थवाङलाई समृद्धिसँग जोड्ने मुख्यमन्त्री पोख्रेलको उद्घोष


बिमलराज डाँगी/मङ्सिर ६, रोल्पा । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल रोल्पाको थवाङमा आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा थवाङले थवाङमा आयोजना गरेको ५ नं. प्रदेशका मुख्यमन्त्री तथा कानुन मन्त्रीसँग अन्र्तक्रया कार्यक्रममा थवाङ आएका मुख्यमन्त्रीलाई थवाङ गाउँपालिका अध्यक्ष सहितको टोलीले स्वागत गरेको छ ।

गाउँपालिकाको कार्यलयमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका भित्र रहेका समस्याहरुको बारेमा गाउँपालिकाका अध्यक्ष विर वहादुर घर्तिमगरले मुख्यमन्त्री समक्ष राखेका छन् ।

गाउँपालिकामा रहेका विभिन्न मौलिक सम्पदा, एतिहासिक पृष्ठभुमी, थवाङको रहनसहन, शिक्षाको र स्वास्थ्यको अवस्था, भौतिक तथा सडकको अवस्था, समाजिक रहनसहन एवम पर्यटकिय क्षेत्रको बारेमा समेत गा.पा. अध्यक्षले संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य सुजिता शांक्य, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर के.सी, रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुन, नेकपा प्रदेश कमिटीका सदस्य कुमार दसौदी, जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, जिल्ला सचिव हरि प्रसाद घर्ती लगायत मुख्यमन्त्री समक्ष राखेका छन् ।

गाउँपालिकाको विकासको लागी गाउँपालिकाको तर्फबाट अध्यक्षले विभिन्न शिर्षकमा बजेट माग पत्र मुख्यमन्त्रिलाई हस्तान्तरण गरेका छन् । माग पत्र हस्तान्तरण गरे लगैत नेपाल कम्युनिष्ट पार्टी नेकपा थवाङले थवाङमा आयोजनमा गरेको ५ नं. प्रदेशका मुख्यमन्त्री तथा कानुन मन्त्रीसँग अन्र्तक्रया कार्यक्रमलाई सम्वोधन गर्दै समग्र थवाङ गाउँपालिकाको बारेमा आफ्नो भनाई राखेका थिए । मुख्यमन्त्री पोख्रेलले थवाङलाई समृद्धिसँग जोड्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

६ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको