विप्लवको समसामयिक अन्तर्वार्तासहित जनपत्रकार संगठनको मुखपत्र बजारमा


भदौ ५, काठमाडौ । नेकपा निकट पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपालको केन्द्रीय मुखपत्र जनपत्रकार बुधबारदेखि बजारमा आएको छ ।

पत्रकार संगठन केन्द्रीय समितिद्वारा प्रकाशित मुखपत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको पछिल्लो राजनीतिक एवम् समसमायिक जल्दाबल्दा बिषय सहितको बिशेष अन्तरबार्ता समेत समेटिएको प्रकाशन मण्डलले जनाएको छ ।

महासचिव विप्लवले नेपाली मिडिया र पछिल्लो सरकारी दमन, वार्ता र माअोवादी जनयुद्धका अपुरा पक्षहरूका बारेमा पार्टीका धारणा सार्वजनिक गरिएको मुखपत्रमा मुख्यतः नेपाली पत्रकारिता र जनपक्षीय पत्रकारहरूको जिम्मेवारी बारेमा बिषय सार्वजनिक गरिएको छ ।

यस्तै पछिल्लो समय देशभर मिडिया हाउस र पत्रकारहरुमाथि सरकारले गरेको दमन र हस्तक्षेपबारे समेत बिषय समेटिएका मुखपत्रमा सरकारले प्रतिबन्ध लगाएका नेकपाका अधिंकांस नेताहरूको लेख समेटिएको छ ।

हिरासतमा तथा कारागारमा रहेका नेताहरूले समेत नेपाली पत्रकारिताको बारेमा गहन विश्लेषण भएका लेखहरु समेटिएको छ साथै मुखपत्रमा अन्य शिर्ष नेताहरूको महत्त्वपूर्ण लेख समेटिएको मुखपत्रमा मुख्यतः नेपालको जनपक्षीय पत्रकारिता बारे घनिभुत बहस सहितका सामाग्री समेटिएको छ ।

मुखपत्रमा विप्लव, पार्टी प्रवक्ता प्रकाण्ड, पश्चिम कमाण्ड ईन्चार्ज कञ्चन,हाल नख्खु कारागारमा रहेका नेता सुदर्शन, पुर्वी कमाण्ड ईन्चार्ज सन्तोष बुढामगर लगायत २ दर्जन लेखकहरुको सामग्री समेटिएको छ । सबै सामाग्री पत्रकारितासंग मात्रै समन्धित रहेको प्रकाशन मण्डलले जनाएको छ ।

११२ पेजको मुखपत्रमा पत्रकार संगठनका देशभरका विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु समेटिएका संगठनले जनाएको छ । यसै विच पत्रकार संगठनले टेकु हिरासतमा रहेका जनपक्षीय लेखक एवम् पत्रकार खेम थपलियाको समेत नेपाली मिडिया बारेको महत्त्वपूर्ण लेख समेटिएको जनाएको छ ।

५ भाद्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको