‘जातीय छुवाछुत र भेदभावमा अझै कमी आएको छैन’


असार ७, कालिकाेट । कालिकोट जिल्लामा जातीय छुवाछुत र भेदभावका घटनाहरुमा अझै कमी नआएको एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।

सदरमुकाम मान्ममा ज्वाला मिडिया प्रालिले शुक्रवार आयोजना गरेको जातीय भेदभाव उन्मुलन र दलित अधिकार विषयक बृहत साझा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरा वताएका हुन ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै जिल्ला न्यायधिस श्याम सुन्दर अधिकारीले जातीय भेदभावमा अहिले पनि कमी नभएको भन्दै जातीय भेदभावको मुख्य वाधक गरीवी भएको वताउनु भएको छ ।

उहाले राष्टको सुख ,शान्ती र सम्मृद्धीका लागी जातीय भेदभाव वाधक तत्व भएको ठोकुवा गर्नु भयो । न्यायधिस अधिकारीले नेपालको संविधानको धारा २४ मा छुवाछुत र जातीय भेदभाव विरुद्धको मौलिक हक रहेको, धारा ४० मा दलित अधिकारको व्यवस्था रहेको भएपनि पुर्णरुपमा कार्यन्वय हुन नसकेको धारणा राख्नु भयो ।

सदभाव, ज्ञान र संस्कारको अभावले पनि जातीय भेदभाव हुने गरेको औल्याउदै न्यायधिस अधिकारीले यसलाई जरै देखि हटाउन सवै सरोकारवाला निकायहरुको सहयोगको खाँचो रहेकोमा जोड दिनु भयो ।

कार्यक्रमका विशेष अतिथि खाडाचक्र नगरपालीकाका मेयर जसी प्रसाद पाण्डेले जिल्लामा जातीय छुवाछुत र भेदभावका घटनाहरु अझै पनि कमी हुन नसकेको वताउनु भयो ।

उहाले नेकपा माओवादीको जनयुद्धको पालामा जातीय छुवाछुत र भेदभावका घटनाहरुमा निकै कमी आएको भएपनि अहिले भने विस्तारै वढन थालेको धारणा राख्नु भयो ।

छुवाछुत र भेदभावका घटनाहरु पुर्ण रुपमा उन्मुलन गर्न आत्मनिर्भर शिक्षा र क्षमता विकासमा जोड दिनु पर्ने वताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्र वहादुर कार्कीले नेपालको पश्चिम तिर जातीय भेदभावका घटनाहरुमा कमी नआएको भन्दै सवैको सहयोगमा यसलाई उन्मुलन गर्नु पर्ने वताउनु भयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्द वहादुर शाहीले वर्गीय मुक्ति नहुदा सम्म जातीय मुक्ति नहुने ठोकुवा गर्नु भयो । यस्तै नेपाली काङग्रेसका जिल्ला सहसचिव दमन वहादुर शाहीेले जिल्लामा विभेदका घटनाहरुमा कमी नभएको भन्दै दलित गैरदलित दुवै समुदायको सहयोगमा उन्मुलन गर्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य तथा दलित अगुवा दिनेश चदाराले जनयुद्धको वलले धेरैजसो जातीय भेदभावका घटनाहरुमा कर्मी ल्याएपनि पछिल्लो समय पुनरावृति हुन खोजेको वताउनु भयो ।

उहाले दलितहरुले आफनो अधिकारको लागी सवै भन्दा ठुलो वलिदानी कालीकोट वाट गरेको भन्दै जसका कारण केही अधिकार प्राप्त गरे पनि पुर्ण नभएको वताउनु भयो ।

कार्यक्रममा नेपाल वार एशोसियशनका जिल्ला उपाध्यक्ष वल प्रसाद संज्यालले सम्वोधन गर्दै कानुनी रुपमा छुवाछुत र भेदभावका विरुद्ध धेरै कानुनी व्यवस्था गरीएको दर्शाउदै वरु कार्यन्वयन प्रक्रियामा कमजोरी भएको औल्याउनु भयो ।

यस्तै मानव अधिकारकर्मी काली वहादुर मल्लले दलित समुदायमा अहिले पनि सामाजिक, सास्कृतिक, आर्थिक र राजनितिक रुपमा व्यापक भेदभाव रहेको भनाई राख्नु भयो ।

कार्यक्रमा नेपाल राष्टिय दलित कल्याण संघका कार्यक्रम संयोजक गोरख नेपाली, वडा नम्बर २ का अध्यक्ष बिर्खसिहं बिश्वक्रर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष धनसिंह बिश्वक्रर्मा, नेपाल प्रहरीका सही रामसिंह भण्डारी, नगर कार्यपालिका सदस्य धर्मराज ताम्राकार लगायतका वक्ताहरुले आ–आफनो भनाई राख्दै छुवाछुत र भेदभावको अन्त्य गर्न सवै क्षेत्रको सक्रिय सहभागीता जरुरी रहेको औल्याएका थिए ।

कार्यक्रमका सहभागीहरुले जातीय भेदभाव उन्मुलन र दलित अधिकारका बिषयमा प्रस्तुत गरीएको कार्यपत्र माथी पनि व्यापक छलफल गरी सुधार गर्नु पर्ने सुझाव दिएका थिए ।

जिल्लामा बिभिन्न समयमा दलित समुदाय माथी हत्या, हिंसा, कुटपीट र जातीय भेदभाव जस्ता सामाजिक अपराधका घटनाहरु हुने गरेकोले त्यसलाई रोक्न घटनाका दोषी लाई कानुनी दाहेरामा ल्याउन तथा सामाजिक रुपान्तरणका लागि जनचेतनाको विकास गराउने उद्देश्य राखि कार्यक्रमको आयोजना गरीएको थियो ।

अन्तरक्रिया कार्यक्रममा खाँडाचक्र नगरपालिकाका ११ वटा वडा, बिभिन्न संघ संस्था, दलित अगुवा, जनप्रतिनिधि, कानुन ब्यावसायी, राजनीतिक दल, पत्रकार लगायत बिभिन्न क्षेत्रबाट उल्लेखिय सहभागी भएका थिए ।

ज्वाला मिडिया प्रालिका अध्यक्ष कर्ण विश्वकर्माको अध्यक्षतामा भएको अन्तरक्रिर्या कार्यक्रमको सहजिकरण ज्वाला खवर डट्कमका सम्पादक वसन्त विश्वकर्माले गर्नु भएको थियो ।

७ असार २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको