पत्रकार विकको रिहाइको माग गर्दै अकोरावले निकाल्यो कडा विज्ञप्ति


चैत ८, सल्यान । कालिकोटका पत्रकार कर्ण विश्वकर्मालाई पक्राउ गरिएको विरोधमा सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अकोराव), कर्णाली प्रदेश समितीले कडा विज्ञप्ती निकालेको छ ।

रेडियो नयाँ कर्णाली एफएममा कार्यरत प्राबिधिक तथा संबाददाता विश्वकर्मालाई बिहीबार रेडियोको स्टुडियोबाटै प्रहरीले गिरफ्तार गरेपछि समितीका अध्यक्ष रमेश गौतमले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरेर घटनाको कडा बिरोध गरेका छन् ।

रेडियोकर्मीलाई स्टुडियो वा कार्यस्थल (कार्यकक्ष) बाटै पक्राउ गर्नु प्रेस र अभिब्यक्ति स्वतन्त्रता माथीको हस्तक्षेप भएको विज्ञप्तीमा भनिएको छ ।

पत्रकार बिश्वकर्मालाई पक्राउ गरेपछि त्यहाँका रेडियोहरु त्रासमा रहेका भन्दै त्रासको बाताबरण अन्त्य गर्न र पक्राउ गरेका पत्रकारलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सामुदायिक रेडियो प्रशारक संघ नेपाल कर्णाली प्रदेश समितीले माग गरेको छ ।

यसैबिच पत्रकार कर्ण विश्वकर्माको रिहाइको माग गर्दै यसअघि नेपाल पत्रकार महासंघ सहित विभिन्न पत्रकार संगठनहरुले विज्ञप्ती निकाली सकेका छन् ।

नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश, नेपाल पत्रकार महासंघ कालिकोट शाखा, जनपत्रकार संगनठ नेपाल भेरी कर्णाली क्षेत्रिय समन्वय समिती लगाएतले विज्ञप्ती जारी गरेर घटनाको विरोध गरेका छन् ।

रेडियो नयाँ कर्णाली कालिकोटले पत्रकार पक्राउको बिरोध गर्दै आफ्नो प्रशारण बन्द गरेको छ ।

यस्ताे छ अकाेराव कर्णाली प्रदेश समितीकाे विज्ञप्ती

सामुदायिक रेडियो प्रशारक संघ नेपाल
कर्णाली प्रदेश समिती,
बिरेन्द्रनगर सुर्खेत, नेपाल

मिती २०७५।१२।०८

प्रेस—बिज्ञप्ती

कालीकोट जिल्लामा सञ्चालित सामुदायिक नयाँ रेडियो कर्णाली एफ.एम.मा कार्यरत प्राबिधिक तथा संबाददाता कर्ण बिश्वकर्मालाई प्रहरीले २०७५ चैत ७ गते पक्राउ गरेको घटना प्रति सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेश समितीको गम्भिर ध्यानाकर्षण भएको छ ।

कालीकोट स्थीत नयाँ रेडियो कर्णालीको स्टुडियोमा काम गर्दैगर्दा रेडियोकर्मीलाई पक्राउ गर्नु दुःखद घटना हो । कुनै पनि बहानामा रेडियोकर्मीलाई स्टुडियो वा कार्यस्थल (कार्यकक्ष) बाटै पक्राउ गर्नु प्रेस र अभिब्यक्ति स्वतन्त्रता माथीको हस्तक्षेप हो ।

पत्रकार बिश्वकर्मालाई पक्राउ गरेपछि त्यहाँका रेडियोहरु त्रासमा रहेका छन् । यो त्रासको बाताबरण अन्त्य गर्न हामी जोडदार माग गर्दछौँ । पक्राउ परेका पत्रकार बिश्वकर्मालाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धीत निकायसँग माग गर्दछौँ ।

रमेश गौतम अध्यक्ष

८ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको