राप्रपाले मनोनित गर्यो ३२ केन्द्रीय सदस्य, को-को परे ? (नामसहित)


चैत ८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३२ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

 

पार्टी अध्यक्ष कमल थापाले शुक्रबार १४ जना आमन्त्रित सदस्यसहित ३२ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेका हुन् ।

सो पार्टीले काठमाडौं, बाँके र नुवाकोटबाट ३–३ जनालाई मनोनित गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

काठमाडौंबाट दिलिपबहादुर बस्नेत, प्रबल शम्शेर जबरा र सम्झना अधिकारी मनोनित भएका छन् । जबरा र अधिकारी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । त्यस्तै भक्तपुरबाट सुरेन्द्र केसी मनोनित भएका छन् ।

त्यस्तै सो पार्टीले बाँकेबाट ३ केन्द्रीय सदस्य मनोनित गरेको छ । बाँकेबाट रमेश अर्याल, खेमराज गौतम र सलाउद्धिन जसगढ मनोनित भएका छन् भने नुवाकोटबाट पनि ३ जनालाई मनोनित गरेको छ । नुवाकोटबाट मनोनित हुनेहरुमा दिपककुमार राई, मधु रिसाल र नरेन्द्रप्रसाद फुयाल रहेका छन् ।

मनोनित अन्य केन्द्रीय सदस्यको नाम विज्ञप्तिमा हेर्नुहोस्

८ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको