कांग्रेस नेता सिटौला अस्पताल भर्ना, आईसीयुमा उपचार हुँदै


चैत ८, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा अचानक गडबडी भएपछि उनि शुक्रबार साँझ धुम्बाराहीमा रहेकाे ह्याम्स अस्पताल भर्ना भएका हुन् । नेता सिटौलाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसरसमेत घटेको बताएका छन् ।

डाक्टर भगवान कोइरालासहितको टिमले उनको उपचार गरिरहेको बताइएको छ ।

८ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको