साफ महिला फुटबलः भारतलाई पाँचौँ पटक उपाधि


चैत ८, विराटनगर । पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो । नेपाल चौथो पटक उपाधिबाट वञ्चित भएको छ ।

विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पहिलो गोल भारतकी डालिमा छिब्बरले २६औँ मिनटमा गरेकी थिइन् । खेलको ३३औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गरी खेललाई बराबरीमा पु¥याएकी थिइन् ।

खेलको ६३औँ मिनेटमा ग्रेस डाङमेयीले गोल गरी भारतलाई २–१ को अवस्थामा पु¥याइन् । खेलको ७८औँ मिनेटमा भारतकी अञ्जु तामाङले आफ्नो देशका लागि तेस्रो गोल गरिन् ।

नेपालले खेल अवधिभर पाएको अवसरको सदुपयोग गर्न सकेन । खेलमा भारतकी डालिमा छिब्बर उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमती कथिरेशनले सर्वाधिक ४–४ गोल गरे ।

बङ्गलादेश अनुशासित टोलीका रुपमा पुरस्कृत भयो । नेपाल साफ महिला फुटबलमा चार पटक फाइनलमा पुगेको छ । शुरुआतका तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । चौथो साफमा समेत नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

८ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको