चैत ८, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी पाटन अस्पताल भर्ना भएका हुन् ।
गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए । सोहि सल्लाह अनुसार मन्त्री पख्रेल पाटन अस्पतालमा भर्ना भएका हुन् ।
मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो तीन-चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस