को हुन् डाक्टर दिपेन्द्र काफ्ले ?


पसल रोकाया । डाक्टर दिपेन्द्र काफ्ले कर्णालीका अनुभवी चिकित्सकको रुपमा परिचित छन । सुर्खेतमा जन्मिएका काफ्ले जिल्लाकै उषा बोर्डिङ स्कुलबाट माध्यामिक शिक्षा हाँसिल गरे ।

डाक्टर दिपेन्द्र काफ्ले 

त्यस्पछी ललितपुरको राष्ट्रिय बिज्ञान कलेजबाट उच्च माध्यामिक शिक्षा प्राप्त गरे । आमा झुपकली काफ्ले र पिता ओम प्रकाश काफ्लेका सुपुत्रको रुपमा जन्मिएका डा. दिपेन्द्र काफ्ले सानैदेखि अध्यनशिल तथा जेहेन्दार विद्यार्थीमा पर्थे ।

सानैदेखि डाक्टर बन्ने चाहा पूरा गर्न उनी बङ्गलादेश स्थित चितोङ्गा विश्व बिद्यालयमा डाक्टरी अध्यन गर्न पुगे र डाक्टरी बिषयमा राम्रो प्रतिसत अंक ल्याई नेपाल फर्किए । नेपाल फर्किए लगतै सुर्खेत क्षेत्रीय हस्पिटलमा मेडिकल अफिसरको रुपमा काम गर्ने अबसर पाए । उक्त हस्पिटलमा सेवाग्राहीको मन जित्न सफल भए । उनको व्यबहार, आचरण र प्रदान गरिने सेवाले असल डाक्टरको रुपमा चिनायो ।

महिलापुरुषमा देखिने बाँझोपन अर्थात सन्तान नहुने समस्याले तनाबग्रस्त परिवारको संख्या धेरै बढ्न थालेपछी त्यस्को समाधानको उपाए खोज्ने अठोट लिए ।

सन्तान जन्माउन अन्तिम बिकल्प नभएकाहरुको समस्याको उपाए खोज्दै नयाँ दिली स्थित एभिया रिसर्ज सेन्टर गएर बच्चा जन्माउने सम्बन्धि आइभिएफ तालिम लिएर फर्किए ।

यसरी सन्तान बिहिन पारिवारिक तनाव झेलिरहेका परिवारको लागि टेस्ट ट्युब बेबि सम्बन्धि सल्लाह दिएर सजिलै सँग बच्चा जन्माउन सक्ने उपाए सिकाए । उनको यो कार्यले सन्तान बिहिन कर्णालीबासिलाई खुसी दियो ।

यसरी समाजमा उत्पन्न समस्या र दुबिधालाई पहिचानगरि आम मानिसमा खुसि बाँड्ने असल डाक्टरको रुपमा चिनिएका छन ।

बिकट कर्णालीमा राम्रो उपचार नपाएर समस्यामा गुज्रिएका दुर्गमवासीलाई स्वस्थ सेवा दिने उदेश्यले कर्णाली प्रदेशमा पसल रोकाया सगं मिलेर हस्पिटल बनाउने भएका छ्न । आशा गरौ उनको यो कार्य जनपक्षीय र सेवामूलक हुनेछ ।

८ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको