एसईई परीक्षामा ४ लाख ७५ हजार सहभागी हुँदै


चैत ८, काठमाडौं । चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन् ।

फाइल तस्बिर 

आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पारे ।

यो वर्षको लागि प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएपछि बोर्डले जिम्मा लिएको जानकारी दिए। परीक्षाको सबै तयारी पुरा भएको एसइइ बोर्डले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

८ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको