खाद्य संस्थान बझाङको चामल विक्रि भएन


जिवन सिह/फागुन १०, बझाङ । बझाङको साईपाल गाँउपालीका, छबिस पाथीभेरे र बुगल नगरपालीकाको केही भागमा खाद्यान्नको अभाव भईरहेको बेला बझाङ जिल्ला खाद्य संस्थानको गोदाममा भने चालम बिक्रि नभएर सड्न थालेको छ ।

खाद्य सस्थानको चामल भन्दा बजारमा पाईने चामल सस्तो र राम्रो हुने भएपछि खाध्य संस्थानको चामल बिक्री नभएको नेपाल खाध्य सस्थान बझाङका निमित्त साखा प्रमुख इस्वरीदत्त पान्डेले बताए ।

पान्डेका अनुषार हामीकहाँ कहिलेकाही फाट्ट फुट्ट रुपमा मात्र जयपृथ्वी नगरपालीका भित्रका केही ग्रामिण भेगका स्थानिय बासीन्दाहरुमात्र आउने गरेको बताए ।
सस्थानमा अहिले मोटो अरुवा मोटो चामलको मूल्य प्रति केजी ४३ रुपैया बङ्गाली चामलको प्रतिकेजी ३० रुपैयामा बिक्रि बितरण गर्दै भईरहेको छ ।
खाध्य सस्थानको चामल जिल्लामा बिक्रि नभएवछी एक सय कुन्डल चामल दार्चुला पठाएकोे खाध्य सस्थान बझाङका निमित्त कार्यालय प्रमुख पान्डेले बताए ।

खाध्य सस्थान बझाङमा गत आर्थिक वर्ष देखी अहिले सम्म एक सय बाह्र कुईन्टल चामल मात्र बिक्रि भएको छ । ,

१० फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको