उर्जामन्त्री पुनले प्रदेश ५ को स्थायी राजधानीबारे पहिलोपटक मुख खोले


शरद रेग्मी/फागुन १०, दाङ । उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुनले प्रदेश नं. ५ को स्थायी राजधानी प्रशासनिक पहुँच पुग्ने स्थानमा तोक्नुपर्ने बताएका छन् ।

राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेको भन्दै यस बिषयमा केन्द्रीय सरकारले हस्तक्षेप नगर्ने समेत उनले बताए । ‘प्रदेश राजधानी प्रशासनिक पहुँच पुग्ने ठाउँमा हुनुपर्छ’ उनले भने‘ यसको अधिकार प्रदेशसभालाई छ ।’

रिपोटर्स क्लव दाङले शुक्रवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले भने ‘म बांके बर्दियामा पटक पटक घुमें, उहांहरुले आफुहरुलाइ पायक पर्ने स्थानमा राजधानी नभए पांच नंवर प्रदेशबाट छुट्टिने समेत बताइसक्नु भएको छ, त्यसैले प्रदेशका ४५ लाख जनताको मनोभावनालाइ समेटेर स्थाइ राजधानी ताक्नुपर्छ ।’

उहाँले अहिले संबिधानमा लेखिएको आधारभुत कुराहरु कानुन निर्माण गरेर लागु गर्ने काम भईरहेको समेत बताउनुभयो । संबिधानमा भएको कुरा रोजगारको ग्यारेन्टी,शिक्षा, स्वास्थ्य, आवासजस्ता कुराहरुको ग्यारेन्टी गर्न कानुन निर्माण भईसकेको र बाँकी कानुन निर्माणको कार्यलाई तिब्रता दिईएको छ ।

मन्त्री पुनले एक बर्षभित्र तुलसीपुर उपमहानगरपालिकाका सबै घरमा सहज रुपमा विद्युत सेवा उपलव्ध गराउने बताए । ‘सवै स्थानमा विद्युत पु-याउन सरकार तयार छ, त्यसमा तुलसीपुर उपमहानगरपालिकाले राखेको पचास/पचास प्रतिसत लगानीको प्रस्तावलाइ पनि सरकारले उत्साहकासाथ पुरा गर्ने छ’—मन्त्री पुनले भभने । त्यसैगरी देउखुरी उपत्यकाका नाका क्षेत्रमा समेत सहज विद्युत सेवा उपलव्ध गराउन सरकारले आवस्यक योजना बनाइरहेको समेत दावी गरे ।

मन्त्री पुनले राप्ती लोकमार्गको स्तरोन्नती गरी भारत-नेपाल-चिन सिमाना सम्मको सडक विस्तार गर्ने योजनामा सरकार रहेको पनि दावी गरे । रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालिलाइ दाङसंग जोडेर संघिय राजधानी पुग्ने व्यवस्थापन गर्न चांडै तुलसीपुर-हापुरे-सुर्खेत सन्चालनमा आउने दावी गरे ।

‘यो सडकले कर्णाली प्रदेश, ५ नंवर प्रदेशको राजधानी दाङ र संघिय राजधानी काठमाण्डौलाइ जोड्ने छ’ उनले भने ‘यो सडक सञ्चालनमा आए कर्णालिलाइ राजधानीमा जोड्न ८७ किमि दुरी समेत कम हुने छ ।’

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको नियमित विद्युत सेवा, नियमित हवाइ सेवाकालागी इन्धन डिपो लगायतका विषयमा संबन्धित मन्त्रालय र विभागहरुमा पहल गरीदिन मन्त्री पुनलाइ आग्रह गरे ।

साथै उनले सहज विद्युत सेवाकालागी तुलसीपुर उपमहानगरपालिकाले ५० प्रतिशत लगानी गर्न समेत तयार रहेको बताए । पत्रकार सम्मेलनको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

२०७५ फाल्गुन १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको