आजदेखि मौसम बदली, अबको मौसम कस्तो हुन्छ ?


फागुन १०, काठमाण्डौ । मौसमविदले आजदेखि फेरि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

यतिबेला आकाश खुले पनि दिउँसोपख काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजदेखि पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमका एक, दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा पनि हल्का पानी पर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो । मध्यका १-२ ठाउँमा र पूर्वका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना रहेको छ । हिजो र अस्ति मौसम सफा भएको थियो ।

पानी पर्न रोकिएलगत्तै तापक्रम बढ्न थालेको थियो । अस्ति काठमाण्डौको अधिकतम तापक्रम २२ दशमलब ८ डिग्री सेल्सियस र हिजो २५ डिग्री सेल्यिससम्म पुगेको थियो । मौसम बदली हुँदा अबको एकदुई दिन फेरि तापक्रम घट्ने र अर्को हप्तादेखि लगातार जस्तै तापक्रम बढ्ने मौसमविद श्रेष्ठले बताउनुभयो ।

२०७५ फाल्गुन १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको