बिप्लव निकट मोर्चा मलेसियाको पहलमा एक अलपत्र श्रमिकको उद्धार


समर्पण भट्टराई/फाल्गुन ९, मलेशिया । आफ्नो स्थापनाकाल देखिनै मजदुर हक हितको निम्ति काम गर्दै आएको विप्लव नेतृत्वको नेकपा निकट प्रवास संगठन जनप्रगतिशील मोर्चा मलेसियाले फेरि पनि एक नेपाली श्रमिकलाई उद्धार गरि नेपाल पठाएको संगठनका महासचिव सन्दिपले जानकारी गराएका छन्।

कालिकोट जिल्ला खाडाच्रर नगरपालिका १ का टक्क बिस्वकर्मा सन् २०१४ मा मलेसिया आएका थिए। कम्पनीको बेवास्ताको कारण अबैधानिक हुन बाध्यभएका बिश्वकर्मा यहाँको सामाजिक असुरक्षा र केहि स्थानीय युवाहरुको आक्रमण प्रयास भएपछी आफ्नो जिवन रक्षार्थ संगठनको शरणमा आएका थिए ।

पिडितलाई संगठनको पहलमा घर फर्काउन उपाध्यक्ष तुफानले विशेष भुमिका खेलेका थिए, भने पिडित १९ फेब्रवरीमा सकुशल नेपाल फिर्ता भएका छन्। साथै पिडित बिश्वकर्माले उपाध्यक्ष तुफान र संगठनले आफुलाई उद्दार गरेकोमा कृतज्ञता ज्ञापन गरेका छन्।

खासगरि मलेसियाको हकमा प्रवासी श्रमिकहरु माथीको उडपिडन, हिंसा, असुरक्षा, कम्पनीको लापरबाही कुनै नौलो बिषय भने होइन। तर महत्वपूर्ण बिषय आज पनि हामी नेपालीहरु स्रोत र साधनले भरिपुर्ण देशमा जन्मिएर पनि रोजगारीको शिलशिलामा बिभिन्न देशमा भौतारिनु पर्ने बाध्यता दुखद भएको पिडितको उद्दारपछि संगठनका अध्यक्ष बिजय लामाले बताएका छन्।

१० फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको