रुन्टीगढी विकास सम्मेलनको तयारी अन्तिम चरणमा


फाल्गुन ९, होलेरी, रोल्पा । रुन्टीगढी गाउँपालिकाको आयोजनामा फागुन १० र ११ गते सम्पन्न हुने रुन्टीगढी विकास सम्मेलन २०७५ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

विकासका लागि साझेदारी भन्ने नाराका साथ आयोजना गरिएको उक्त सम्मेलनमा सघीय उर्जा तथा जलश्रोत मन्त्री बर्षमान पुन प्रमुख अतिथि रहने आयोजकले जनाएको छ । सघीय सस्दहरु , राष्ट्रिय सभाका सस्दहरु, प्रदेश नं. ५ का मन्त्री र सास्दहरु , प्रदेश नं. ५ योजना आयोगका प्रतिनिधि, प्रदेश नं. ५ अन्तर्रगतका विभन्न जिल्ला समन्वय समित, उप-महानगर पालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुको सहभागीतामा सम्पन्न हुने उक्त सम्मेलनमा पर्यटन र पूर्वाधारका विषयमा चारवटा कार्यपत्रहरु प्रस्तुत हुने गाउँपालिकाका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक बालाराम बुढामगरले बताए ।

उक्त सम्मेलनमा प्रदेश नं. ५ का विभिन्न जिल्लका उद्योग बाणिज्य सघ, गैरसरकारी सस्था महासघ ,पत्रकार महासघका अध्यक्षय प्रतिनिधहरु स्थानीय जनप्रतिनिधिहरु र सर्वसाधरण समेतको गरी करीव तिन सयको सहभागीतामा रहने अध्यक्ष बुढाले बताए छ ।
सहिदमार्ग र आश्रीत इच्छुक मार्गले यस क्षेत्रमा पार्ने बहुक्षेत्रीय प्रभाव तथा यसको दिगो पनाका लागी तिन तहका सरकारको लगानी र साझेदारीका विषयमा समेत छलफल हुने बताइएको छ ।

सम्मेलन तयारीका लागी गठित निर्देशक समित र विविन्न नौ उप समितिहरुले नब्बे प्रितिसत काम सम्पन्न गरि सकेको आवास , अतिथि सत्कार तथा भोजन ब्यवस्थापन समितिका सयोजक तथा वडा नं ५ का अध्यक्ष याम बहादुर दशौदीले बताएका छन ।

राजनैतिक रुपमा चर्चामा रहेको होलेरी क्षेत्र पर्यटन कृर्षि तथा पशु उत्पादनको क्षेत्रमा धेरै सम्भावना क्षेत्र भएकाल यस खालको कार्यक्रम आयोजना गर्न लागएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी जिएमले वताए ।

स्वागतद्वार निर्माण, कार्यक्रम स्थल निर्मा तथा नगर सरसफाइ ध्वजा पतकाले बजार सजाउने कार्य तिव्ररुफमा चलेको गाउँपालिकाका उपाध्यक्ष छमाया पुनले बताइन ।
कार्यक्रम सम्पन्न सगै आगामी बर्षको कार्यक्रम तथा नीति तय गर्दा स्थानी सरकार प्रदेश सरकार र सघीय सरकारलाइ साझेदारी गर्न यस कार्यक्रमले मार्ग प्रसस्त गर्ने कार्यपालिका प्ररवक्ता जगत बहादुर घर्तीले बताए ।

यस सम्मेलनले रुन्टीगढी क्षेत्रको आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने खालका कार्यक्रमहरु तय गर्न सहयो गर्ने र स्थानीय तहहरु पनि सकारात्म कार्य गर्न सक्षम छन भन्ने सन्देश समेत प्रवाह गर्ने र्यटन फोकल पर्सन दीपक डाँगीले बताए ।

२०७५ फाल्गुन १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको