जनसरोकार जनजीविकाको विषयमा सम्बन्धित पक्षलाई तुरुन्त सच्याउन ने.क.पा. कालिकोटको माग


खडक बिश्वकर्मा / माघ ८, कालिकोट ।  विभिन्न बैंक तथा संस्थाहरुबाट जनतामा ऋण प्रवाहको नाममा जनताबाट असुल्दै गरेको चर्काे ब्याज र कथित स्थानीय सरकारको नाममा चर्काे कर कारण जनताले सास्ती खेप्नुपरेको लगायतका जनसरोकार जनजीविकाको विषयमा सम्बन्धित पक्षलाई तुरुन्त सच्याउन नेपाल कम्युनिस्ट पार्टी कालिकोटले माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोटका सेक्रेटरी रणदिपले एक विज्ञप्ति जारी गरेर वित्तीय बैंकहरु सेवामूलक भन्दा पनि नाफामूलक भएकोले असुल गर्दै गरेको चर्काे ब्याज तुरुन्त घटाउनुपर्ने, जिल्लामा भइरहेको मदिरा बेचबिखन र सेवन रोकिनुपर्ने, कथित स्थानीय सरकारको नाममा विभिन्न बहानामा जनताबाट असुल्दै गरेको चर्काे कर , जनताकै नाम लिएर हुने भ्रमण जस्ता क्षेत्रमा हुने फजुल र सामान खरिद डोजर आतंकमा भइरहेको भ्रष्टाचार, कमिसन र अनियमितता नरोकिए कडा संघर्ष गर्ने सेक्रेटरी ऐडिको हस्ताक्षेरीत विज्ञप्तिमा उल्लेख छ ।

२०७५ माघ ८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको