हिमपात र अविरल बर्षाको कारण कर्णालीको जनजीवन प्रभावित


खडक बिश्वकर्मा / माघ ८ , कालिकोट । हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो ।

सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कर्णालीको कालीकोट लगायतका जिल्लामा चिसो निकै बढेको छ । कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका अन्य जिल्लामा हिमपात र पानी परेको छ । कालिकोटमा हिमपात हुनुका साथै पानी पनि परेको छ ।

तस्बिर: खडक बिश्वकर्मा, कालिकोट

हिमपात र अविरल परेको पानीले बालबालिका, वृद्धवृद्धालाई चिसोले सताएको छ । बालबालिका र वृद्धवृद्धालाइ न्यानो कपडाले सुरक्षित गर्नुपर्ने कालीकोटका स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । हुम्ला मुगु र जुम्लामा पनि भारी हिमपात भएको छ । हिमपातले विभिन्न स्थान र डाँडाकाँडा सेताम्य भएका छन् । कर्णालीको उच्च पहाडी जिल्लामा अधिकांश बस्ती हिउँले ढाकिएका छन् । कालिकोटका लेकाली गाउँमा हिउँ जमेको छ । हिमपातसँगै कर्णालीको उच्च भागमा तापक्रम माइनस ८ डिग्री सेल्सियस आएको मौसमविदले जानकारी दिएका छन् ।

हिमपात भएको ठाउँमा पिउने पानी समेत चिसोले जाम भएको छ । लामो समयपछि हिमपात र पानी आउदा किसान भने खुशी देखिएका छन् । खडेरीले हिउँदे वालीमा निकै संकट ल्याएको थियो । पानी पर्दा किसानलाई राहत भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । हिमपात र पानीले गरि खाने आसा पलाएको रास्कोट नगरपालिका २ का परि न्यौपानेले बताउनुभयो । लामोसमयपछि पानी र हिउँपरेपछि यहाँका स्थानीय बासीमा खुसीका रङ भरिएका छन् ।

स्थानीय कृषक परेग न्यौपानेले भन्नुभयो ‘यस वर्ष हिउँदमा पानी परेको थिएन बाली सुक्ने चिन्ताले सताएको थियो अव बाली राम्रो हुने भयो ।’

२०७५ माघ ८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको