सल्यानबाट नेपालगञ्जका लागि छुटेको जिप दुर्घटनामा, ६ घाईते (हेर्नुहोस विवरण सहित)


माघ ८, सल्यान । सल्यानको गर्चेवजारबाट नेपालगञ्जका लागि छुटेको जिप आज दिउसो दुर्घटनामा परेको छ । लु १ झ ३९२८ नम्बरको कुमाख यातायातको जिप सुर्खेतको गुर्भाकोट नगरपालीका र भेरीगंगा नगरपालिकाको सिमानामा दुर्घटना भएको हो ।

गाडिमा सवार ६ जना घाईते भएका छन् । घाइतेहुनेहरुमा जुम्ला सिजाका दिपक हमाल, सोही स्थानका मान वहादुर सार्कि, बनगडा कुपिण्डे नगारपालिका ५ का रुपसिं वस्नेत, वडा ७ की गोमा वुढा, बनगाड कुपिण्डे नगरपालिका वडा ५ नीवासि गाडि मालिक विरेन्द्र नेपाली र वडा ४ नीवासि गाडि चालक चन्द्र परियार रहेका छन् ।

घाईते सवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको जनाएको छ । गाडि मालिक नेपाली र चालक परियार भने गम्भीर घाईते भएका छन् ।

जीप तीव्रगतीमा भएकोले अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीको भनाई छ ।

२०७५ माघ ८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको