‘प्रचण्ड’ अस्वस्थ भए


माघ ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन । चिकित्सकको सल्लाह बमोजिम उहाँ निवासमा आराम गरीरहेका छन । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

चिकित्सकले प्रचण्डलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ । उहाँकाे उपचारमा स‌म्लग्न चिकित्सकले बताए अनुसार प्रचण्डलाइ भाइरल ज्वरोले सताएकाे छ ।

उता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्पताल भर्ना भएकी छन् । रुघाखोकी र ज्वरो आएपछि धापाखेलको उनलाई आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

‘उनलाई रुघाखोकी फ्लु देखिएपछी उपचारमा डा. युवराज शर्मालगायत चिकित्सक टोली खटिएका छन्, यो,’ अस्पताल स्रोतका अनुसार अवस्था स्थिर छ।

उनी लामो समयदेखि वंशानुगत पार्किन्सन रोगका कारण पनि पीडित थिइन्। चिकित्सकका अनुसार यस्ता बिरामीको गति सुस्त हुने, हातखुट्टा कमजोर हुनेजस्ता लक्षण देखिन्छन्। सीतालाई प्रेसर र सुगरको समेत समस्या छ।

त्यसैगरी बुहारी बिना मगर पनि भाइरल ज्वरोका कारण हस्पिटलमा उपचार भैरहेको छ ।

२०७५ माघ ८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको