बजेट हिनामिना गर्न प्रमुख र वडा अध्यक्षले नक्कली योजना बनाएको आरोप


खडक बिश्वकर्मा/माघ ८, कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नं. ६ को समपुरकको बजेट हिनामिना गर्न नगर प्रमुख र वडा अध्यक्षले नक्कली योजना बनाएको आरोप लागेको छ । नगर प्रमूख जशि प्रसाद पान्डे र वडाध्यक्ष जगदिश शाहिले वडाको १० लाख समपुरक बजेट हिनामिना गर्नका लागि नक्कली योजना बनाएका हुन् ।

वडाको १० लाख बजेट बुुढावाडादेखि दुदेसिल्ला मन्दीर हुदै खापरमष्टा मन्दीरसम्म योजना भनेर लेखिएको छ । तर, त्यो कुन योजना हो त्यसको नाम खुलाइएको छैन् । वडाको समपुरकको बजेट हिनामिना गर्नका लागि वडा नं. ६ बिनियोजन गरेको दश लाख रुपैयाँ र प्रतिनीधिसभामा माननिय दुर्गबहादुर रावतको निर्वाचन क्षेत्र अन्तर्गत पूर्वाधार विकास कोषबाट १५ लाख रुपैयाँ साझेदारीमा योजना सम्पन्न गर्न भनि दिएको निर्देशन नक्कली पत्र बनाएको स्थानीय मनसिंह शाहीले बताए ।

‘प्रतिनीधिसभा सदस्य दुर्गबहादुर रावतले निर्वाचन क्षेत्र अन्तर्गत पूर्वाधार विकास कोषबाट १५ लाख रुपैयाँ साझेदारीमा योजना गर्न निर्देशन नदिएको र वडाको समपुरक बजेट १० लाख बजेटमा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे र वडा अध्यक्ष जगदिश शाहीको मिलेमतोमा १० लाख रुपैयाँ हिनामिना गर्नका लागि यो सबै रणनीति भएको प्रति हाम्रो आपत्ति हो ।’ उनले भने,‘समपुरक बजेटमा माननिय दुर्गबहादुर रावतको लेटरप्याडको दुरुपयोग भएको छ ।

वडाको १० लाख रुपैयाँ समपूरक बजेट दुरुपयोग गर्नका लागि निर्वाचन क्षेत्र अन्तर्गत पूर्वाधार विकास कोषबाट १५ लाख रुपैयाँ बिनियोजन भएको भनि नक्कली कागज खडा गरिएको छ ।’ वडा नं. ६ को बुुढावाडादेखि दुदेसिल्ला मन्दीर हुदैँ खापरमष्टा मन्दीरसम्म भनेर मात्र लेखिएको छ ।

लेटर प्याडमा न त चलानी नम्वर छ, नत पत्र संख्या नै। तर, त्यो कुन योजना हो जनतालाई कुनै जानकारी नै नभएको स्थानीय शाहीले बताए । प्रतिनीधिसभाका सांसद दुर्गबहादुर रावतले लेटरप्याडको पनि दुरुपयोग भएको होइन, रकम पनि नदिएको बताएका छन । ‘निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत पुर्वाधार विकास कोषको रकमले कात्तिकमा नै योजना वाडफाड गरि सकेको छु, अहिले रकम छैन’ उनले थपे, लेटरप्याड पाए रकम पाउदैनन् । अहिले रकम छैन कहिले पनि पाउँदैनन् लेटरप्याड पायो भईहाल्यो माननिय रावतले भनेका छन ।

माननिय दूर्ग बहादूर रावतको लेटरप्याड यस्तो छ । तस्बिर: खडक बिश्वकर्मा कालिकोट 

२०७५ माघ ८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको