खानेपानी मन्त्री विना मगरलाई अस्पताल भर्ना


माघ ८, काठमाडौं । खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना भएकी छन् । रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन । उनको उपचार जारी छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ ।

मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि गम्भीर बिरामी छन र उपचार जारी छ ।

मन्त्री मगरका ससुराबुबा तथा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको यो साताको दैनिकी परिवारका सदस्यलाई अस्पतालमा भर्ना, उपचार र पार्टीका बिरामी नेताहरुलाई अस्पताल पुगेर भेट र स्वास्थ्य अवस्था बुझ्नेमै बितेको छ ।

२०७५ माघ ८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको