महाबिरको आबिस्कार केन्द्रलाई अन्तरराष्ट्रिय रोल्पाली सेवा समाज युएईले सहयोग अभियान थाल्यो


पुस ०५, काठमान्डौ । युएइमा रहेर सामाजिक कार्यमा क्रियासिल रहेको अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएइले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने भएको छ ।

नेपालको बिज्ञान, प्रबिधि र आविष्कारको क्षेत्रमा योगदान पुर्याउने यो नै उत्तम अबसर भएको जनाउदै समाजले आविष्कार केन्द्रको लागि आर्थिक सहयोग अभियान थालेको जनाएको छ । देशको बिज्ञान र प्रविधिलाई टेवा पुर्याउन समाजले सहयोगका लागि अनुरोध समेत गरेको छ ।

समाजका महासचिव कुमार केसीद्वारा जारि बिज्ञप्तिमा आर्थिक सहयोग अभियानमा हातेमालो गर्न आग्रह गरिएको छ ।

५ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको