रमाकान्त बास्तोला/पुस ०५, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले ठुलो मात्रामा लागुऔ’षध सहित ४ जनालाई प’क्राउ गरेको छ । सुक्रबार (पुस ४ गते) ६०० एम्पुल सहित प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प’क्राउ पर्नेमा जिल्ला रुपेन्देही गैडहवा गाउँपालिका-८ बस्ने ३६ वर्षिया गौमती सुनार, सिदार्थनगर नगरपालिका-१ बेकहिया बस्ने २६ वर्षिया प्रकाश पुन , भारत जिल्ला महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्डा बजार बस्ने २८ वर्षिया महबुब आलम र सोहि स्थान बस्ने ३४ वर्षिया बालेश्रर प्रजापती रहेका छन् ।
लागुऔ’षध नियन्त्रण अभियानमा लागि परेको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले अन्तत पोखरा -२७ हमालचोक स्थित ठुलो मात्रामा लागूऔषध सहित निजहरुलाई यही पौष-०४ नियन्त्रणमा लिन सफल भएको हो ।
उक्त स्थानमा लागुऔ’षध कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटि गएको प्रहरी टोलिले निजहरुलाई जेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम २०० एम्पुल ,फेनेरागन २०० एम्पुल र नुर्फिन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागूऔ’षध, भारतिय रुपैया ११,०४०।– र नेपाली रुपैया ३२४५।– सहित निजहरुलाई पक्राउ गरिएको हो ।
पक्रा’उ परेका सबैजना उपर लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस