युवा पुस्ताका सुगम संगीतका प्रतिभावान गायक पवन भाटले ल्याए ‘सुन मेरी मायालु’ [भिडियो]


पुस ०५, काठमाण्डौ । नेपाली सुगम संगीत क्षेत्रका प्रखर गायक पवन भाटले आधुनिक गजल ‘सुन मेरी मायालु’ गित ल्याएका छन् । मखमली आवाजका धनि भाटको यो आठौ गीति कोशेली हो ।

निकै उत्कृष्ट कम्पोजिसन रहेको गितको शब्द र संगीत भिम राज सापकोटा ‘दारावाला’को रहेको छ भने, पवन भाटको मखमली आवाज रहेको छ । उक्त गितको म्युजिक भिडियोमा माेडल इच्छाराम परियार र दुर्गा अधिकारीकाे अभिनय रहेकाे छ ।

छायांकार पवन सुस्लीङले भिडियोको छायांकन तथा सम्पादन गरेका छन् । म्युजिक भिडीयाेलाई चित्र मास्की मगरले निर्देशन गरेका छन् ।

सुर संगीत रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको सुन मेरी मायालु गित गायक पवन भाटले आफ्नो अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरेका छन् ।

अर्घाखाँची भूमिका स्थान २ घर भएका प्रतिभाशाली युवा भाटको गायन कला मात्रै नभएर, बाद्यबादनमा पनि उत्तिकै राम्रो दक्खल राख्दछन । युवा पुस्ताका प्रखर गायक नेपाली सुगम संगीत क्षेत्रको नक्षेत्रको रुपमा आशा गरिएको छ ।

आजको युगमा र्याप, पप पछ्याई रहेका नेपाली युवाहरुको भिडबाट बेग्लै पहिचान बनाएर सुगम संगीतलाई पछ्याई रहेका भाटको संगीतमा पनि राम्रो खुबी राख्छन । उनले यतिखेर क्लासिक संगीतमा अध्यन गरिरहेका छन् ।

५ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको