महाबिर पुनको सहयोग अभियानमा यसरि जुटे बिश्वभर रहेका समाजसेवीहरु [भिडियो रिपोर्ट]


पुस ५, काठमान्डौ । हरेक मानिसहरु सपना देख्छन । धेरैका सपनाहरु आफ्ना लागि मात्रै कैद हुन्छन । कसैका सपनाहरु केवल आफ्नो परिवारका लागि सिमित हुन्छन । केहि सिमित मानिसहरु हुन्छन, जसले देशका लागि सपना देख्छन ।

यस्तै देशका लागि सपना देख्नें महामानव मध्यका एक व्यक्ति हुन् ‘महाबिर पुन’ ।

तिनै महाबिर पुनको जन्म म्याग्दीको नाङीमा भएको थियो । उनी गरीब परिवारमा जन्मिएका थिए । उनको बुवा गोर्खा आर्मीमा काम गर्थे भने आमा गृहणी हुन् । उनको जिबन एक बिकट गाउमा सामान्य अवस्थामा हुर्किएको थियो।

उनले गाउँको एक सामान्य स्कुलबाट आफ्नो अध्यन सुरु गरेका थिए । आर्थिक अभाबका बीच गाउँमै पढेका महाबिर भेडा चराउने र घरको काममा सघाउने गर्थे ।

हेर्नुहोस भिडियो रिपोर्ट:

हाई स्कुलको पढाई सिध्याएर उनि शिक्षक जागिरमा पनि जोडीए । अध्यनकै शिलशिलामा उनि युके गए । १९८८ मा युकेको युनिभर्सिटि अफ नेब्रास्कामा छात्रावृतिमा पढ्ने अबसर पाएका थिए । त्यहाँ बसेर उनले बिज्ञान बिषयमा डिग्री सकाए ।

उनि २४ वर्ष पछि नेपाल फर्किए । महावीर पुन अमेरिकाबाट नेपाल फर्किएर ग्रामीण विकासमा सक्रिय अभियन्ता बने । यो देश र देशका युवाशक्तिलाई टेक्नोलोजीको बाटोमा डोर्याउने महान अभियानमा लागे । त्यसपछि उनले राष्ट्रिय आबिस्कार केन्द्र खोले ।

उनीबाट यसरि प्रत्येक नेपालीले सिक्ने हो भने देश विकासमा निकै ठूलो योगदान पुग्न सक्छ ।

अमेरिकामा आफ्ना व्यक्तिगत आकांक्षाहरुलाई त्यागेर देशका लागि केही गरौं भनेर फर्केका पुनले गाउँमा सञ्चारको पहुँच बढाउनका लागि महत्वूर्ण कामहरु गरेका छन् । यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु र उनीहरुको कामलाई सहयोग गर्नु राज्यको दायित्व नै हो ।

पुनले नेपाल सरकारलाई पेश गरेको आफ्नो ‘प्रपोजल’मा राष्ट्रिय आविष्कार केन्द्रका लागि अनुदान स्वरुप रकम समेत माग गरेका थिए । कम्पनी ऐनअनुसार दर्ता गरिएको ‘राष्ट्रिय आविष्कार केन्द्र प्रालि’का अध्यक्ष रहेका पुनले ‘१० मेगावाट जलविद्युत स्टेसनसँग चाहिने इक्वीटीका लागि ५४ करोड रुपैयाँ एकमुष्ट एकपटकका लागिमात्र अनुदानका रुपमा उपलब्ध गराउन सरकारसँग माग गरे ।

त्यसैगरी आबिस्कार केन्द्रलाई चाहिने नेपाल ट्रष्टका नाममा रहेको करिब १ सय रोपनी जग्गा विभिन्न प्रदेशहरुमा उपलब्ध गराउन अनुरोध गरे ।

तर उनका सबै मागहरु सरकारले सुनेन । यतिखेर ऋण पाउ भनि ऋणदाताहरुलाई हार गुहार गरेका छन् ।

उनको भनाई यस्तो छ:

बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ, अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो. करिब ३ करोड चाहिएको छ. एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन. सकेको ५, १०, २० लाख दिए पनि हुन्छ ।

पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाइ मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism बिकासको लागी हो. यो काम आंशिक रुपमा बिगत १० बर्ष देखी चलीरहेको छ तर यसलाई हामी बढाउन (Scale up) चाहन्छौं. यसको लागि नेपाल सरकार र बैंकहरु संग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु. यसको बिस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला. यसको लागी एक करोड रुपैंया चाहिएको छ ।

दोश्रो काम राष्टिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको छ. आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो. बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरु संग ऋणको लागी अनुरोध गरेको हो. यसको लागी दुई करोड रुपैंया चाहिएको छ ।

कोहि हुनु हुन्छ भने मलाई [email protected] मा सम्पर्क गर्नु होला. यसो गनु भयो भने देशको उद्धार हुनेछ. ऋण ३ बर्षको लागि हो र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिनेछ ।

यसरि उनले ऋणका लागि अनुरोध गरेपछि संसार भर रहेका देशप्रेमी युवाहरुले सहयोग अभियान थालेका छन् । लन्डनमा बस्ने समाजसेवी इशा गुरुङले आफ्नो फेसबुक मार्फत सहयोग गर्न आग्रह गर्दै सहयोग आभियान थालेकी छिन ।

अमेरिकाबाट महाबिर पुनको आबिस्कार केन्द्रलाई आर्थिक सहयोगगर्नका लागि सरिता गुरुङले यसरि अभियान थालेकी छिन ।

त्यसैगरी जापानमा रहेकी युवा समाजसेवी ज्वाला संग्रौलाले पनि महाबिर पुनको राष्ट्रिय आबिस्कार केन्द्रलाई सहयोगका लागि आर्थिक अभियान थालेकी छिन ।

नेपालबाट धनुजा रुछेन्बुङले पनि सहयोग अभियान थालेकी छिन ! नेपालमा रहेका विभिन्न व्यक्तिहरुले महाबिर पुनलाई नै भेटेर प्रत्यक्ष सहयोग गरिरहेका छन् ।

बेल्जियमबाट समाजसेवी सुनिता गुरुङ र यसु थापा सहयोग अभियानको नेतृत्व गरिरहेकी छिन भने कोरियाबाट डोलिन केसी र पूर्ण बहादुर गुरुङले सहयोग अभियानलाई नेतृत्व गरेका छन् ।

यता कुवेतबाट पनि श्रीजना गुरुङले राष्ट्रिय आबिस्कार केन्द्रको लागि सहयोग अभियान थालेकी छिन भने उता साइप्रस र अस्ट्रेलियाबाट पनि केहि युवाहरु सहयोग अभियानमा जुटेको महाबिर पुन बताउछन ! त्यसैगरी विभिन्न संघ संस्थाहरु पनि सहयोगका लागि प्रतिबद्दता दिएको पुनले बताए ।

यस्तै रोल्पाली सेवा समाज युएइले पनि महाबिर पुनको सहयोगका लागि पहल गर्ने जनाएको छ । संस्थाका सल्लाहकार देवराज वलीले सहयोगका लागि आन्तरिक तयारिमा जुटिरहेको बताए ।

त्यसगरी ढिलोगरी प्राप्त जानकारी अनुसार मलेसियाबाट आशिष परियार महाबिर पुनको सहयोगको लागि आर्थिक अभियान चलाई रहेका छन् ।

५ पुष २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको