सल्यानमा फेरि अर्की गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार


मंसिर ५, सल्यान । सल्यानमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । शारदा नगरपालिका -१३ स्थानिखालकी २८ वर्षीया सुगन्धा पुनको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

३५ हप्ताकी गर्भवति पुन: गएराती देखी एक्कासी बेहोस परेकी उनलाई बिहीबार बिहान ९ बजेतिर सल्यान जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएको थियो । प्रेसर धेरै भएको र बेहोस भएकी उनी होसमा नआएपछि बेलुका ५ बजेतिर थप उपचारको लागी नेपालगञ्ज हेलिकप्टमार्फत पठाईएको हाे ।

अस्पतालका प्रमुख डा. अर्जुन बुढा मगरका अनुसार गर्भवती पुनको रक्तकोषीका फुटेको, कलेजो र मृगौलामा समेत समस्या देखिएका कारणले जिल्ला अस्पतालमा उपचार हुन नसकेको हो । पेटमा रहेको ८ महिनाको शिशुको भने अवस्था सामान्य रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ अन्तरगत सुगन्धाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिए ।

यसअघि गत असार महिनामा पनि जिल्ला अस्पताल सल्यानमा उपचार हुन नसकेकी एक जना महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको थियो । महिना नपुगेको गर्भवतीका लागी यहाँ सल्लेक्रिया हुने भएपनि बच्चाको सुरक्षाको लागी एनआईसी नभएको अस्पतालले जनाएको छ ।

५ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको