राष्ट्रियताका लागि निरन्तर संघर्ष गर्ने अखिल (क्रान्तिकारी) सेती महाकाली ब्युरोकाे निर्णय


मंसिर ५, काठमाडौँ । अखिल (क्रान्तिकारी) सेती महाकाली ब्युरोले सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा र राष्ट्रियताका लागि निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ ।

अखिल (क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समितिको हालै सम्पन्न भएको बैठकले गरेका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दै ब्युरो संयोजक विरेन्द्र शाहले यस्तो जानकारी गराएका हुन् ।

संगठनले कम्युनिस्ट विद्यार्थी अभियान-२, ९वटै जिल्लाहरूमा मंसिर मसान्तसम्म संचालन गरिने, शैक्षिक विकृति विसङ्गतिहरुको भन्डाफोर गर्दै सङ्गठनलाई सुदृढ र विस्तार गरिने, संयुक्त विद्यार्थी आन्दोलनको निर्माणका लागि अन्य विद्यार्थी सङ्गठनसङ्ग सहकार्य गर्ने, सु.प. विश्वविद्यालयमा रहेका शैक्षिक र प्रशासनिक समस्याहरुका लागि संघर्ष गरिने, निजि शैक्षिक संस्थाको मनपरी शुल्क असुली, सरकारी विद्यालयमा लगाईएको शुल्क, सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिईने शुल्कका विरुद्धमा संघर्ष र कार्वाही गरिने, सरकारी विद्यालयहरुमा चलिरहेका प्राविधिक कार्यक्रमहरुमा लिईदै आएको चर्को शुल्कका विरुद्धमा संघर्ष गरिने, यातायातमा विद्यार्थीहरुले भाडादरमा पाउने ४५% छुट कार्यन्वयनका लागि पहल र संघर्ष निरन्तर जारी रहने, सरकारद्वारा विद्यार्थी सङ्गठनका नेताकार्यकर्तामाथी भैरहेको दमन, धरपकड , झुठो मुद्दामा फसाउने षडयन्त्रको व्यापक भन्डाफोर गर्दै संघर्ष संचालन गरिने लगायतका निर्णयहरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस विज्ञप्ति

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी विद्यार्थी युनियन ( क्रान्तिकारी )
सेतीमहाकाली क्षेत्रीय समन्वय सिमिती

विषय – प्रेस विज्ञप्ति मिति: २०७६-०८-०५

हाम्रो महान तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) नेपालको आमूल शैक्षिक रुपान्तरण र वैज्ञानिक समाजवादी शिक्षाका लागि निरन्तर संघर्षरत रहेको छ ।

हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) सेतिमहाकाली क्षेत्रीय समन्वय समितिको हालसालै सम्पन्न भएको बैठकले लिएका केही महत्त्वपूर्ण निर्णयहरु संबंधित निकायको ध्यानाकर्षण र सचेतनाका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

1) कम्युनिस्ट विद्यार्थी अभियान-२, ९वटै जिल्लाहरूमा मंसिर मसान्तसम्म संचालन गरिनेछ । जसमा शैक्षिक विकृतिविसङ्गतिहरुको भन्डाफोर गर्दै सङ्गठन लाई सुदृढ र विस्तार गरिनेछ ।

2) संयुक्त विद्यार्थी आन्दोलनको निर्माणका लागि अन्य विद्यार्थी सङ्गठनका साथिहरु सङ्ग
सहकार्यका गरिनेछ ।

3) सु.प. विश्वविद्यालयमा रहेका शैक्षिक र प्रशासनिक समस्याहरुका लागि संघर्ष गरिनेछ ।

4) निजि शैक्षिक संस्थाको मनपरी शुल्क असुली , सरकारी विद्यालयमा लगाईएको शुल्क , सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिईने शुल्कका विरुद्धमा संघर्ष र कार्वाही गरिनेछ ।

5) सरकारी विद्यालयहरुमा चलिरहेका प्राविधिक कार्यक्रमहरुमा लिईदै आएको चर्को शुल्कका विरुद्धमा संघर्ष गरिनेछ ।

6) यातायातमा विद्यार्थीहरुले भाडादरमा पाउने ४५% छुट कार्यन्वयनका लागि पहल र संघर्ष निरन्तर जारी रहनेछ ।

7) सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा र राष्ट्रियताका लागि निरन्तर संघर्ष गरिनेछ ।

8) दलाल फाँसिवादी केपिबादल कम्पनी द्वारा हाम्रो विद्यार्थी सङ्गठनका नेताकार्यकर्ता माथी भैरहेको दमन, धरपकड , झुठो मुद्दामा फसाउने षडयन्त्रको व्यापक भन्डाफोर गर्दै संघर्ष संचालन गरिनेछ ।

अन्त्यमा नेपालका लाखौं विद्यार्थीहरुको हकहितका लागि निरन्तर संघर्ष र बलिदानीको बाटोमा हिडिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

क्रान्तिकारी अभिवादन सहित ।

विरेन्द्र शाह
संयोजक

५ मंसिर २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको