उच्च अदालत पुगे महरा


मंसिर ५, काठमाडौं । कर्मचारीमाथि ब’ला’त्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले थुनामा पठाउने आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् ।

जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका हुन् ।

फौज’दारी कार्यविधि संहिता–२०७४ मा रहेको व्यवस्था बमोजिम बिहीबार महराले निवेदन दिएको अदालतका सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिए ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पु’र्पक्षका लागि थु’नामा पठाउने आदेश दिएको थियो ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा क’सूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो ।

त्यसयता उनी डिल्लीबजार कारागारमा छन् । महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

२०७६ मंसिर ५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको